काठमाडौँ। धादिङ्गमा ट्रक दुर्घटना भएको छ।
दूर्घटना हुँदा १ जनाको मृत्युभएको छ भने ८ जना घाइते भएका छन्। घाइते ८ जनालाई उद्धार गरी जिल्ला अस्पताल धादिङ पठाइएको छ ।
नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।