काठमाडौँ। पत्रकार अरुण बराललाई डिजिटल मिडिया एडिटर अवार्ड प्रदान गरिएको छ।
न्युज एक्सप्रेस मिडियाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बराल सहितका पत्रकारहरूलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड वितरण गरिएको हो ।
नेपाली डिजिटल मिडियाको क्षेत्रमा अरुण बरालको नाम अग्रपंक्तिमा पर्दछ । अनलाइन पत्रकारितालाई मुलप्रवाहिकरण गर्न र विश्वसनीय बनाउन उहाँको मेहनेत, अठोट र लगाव प्रशंसनीय छ ।
नेपालको सर्वाधिक लोकप्रिय अनलाइन मिडिया अनलाइनखवरको प्रारम्भीक चरणमा लामो समय सम्पादकीय नेतृत्व गरेर डिजिटल मिडियाको श्रीबृद्धिमा खट्नु भएका बरालले रातोपाटी, नेपाल खवर, कान्तिपुर टिभी लगायतका चर्चित मिडियामा सम्पादकीय नेतृत्व गरिसकेका छन्।
हाल खवरहव अनलाइनको प्रधान सम्पादक रहेका बरालले डिजिटल मिडियालाई व्यवस्थीत र जिम्मेवार बनाउने पक्षमा सधै पैरवी पनि गर्दै आएका छन् । डिजिटल मिडियाको क्षेत्रमा लामो योगदान गरेका बराललाई डिजिटल मिडिया एडिटर अवार्ड अर्पण गरिएको हो ।