काठमाडौँ। रजतपट कार्यक्रम मार्फत् लामो समयदेखि चलचित्र क्षेत्रमा अतुलनीय योगदान दिइरहेका पत्रकार प्रकाश सुवेदीलाई वरिष्ठ रंग पत्रकारिता अवार्ड प्रदान गरिएको छ ।
भारतमा रहंदा अध्ययन सङसँगै पत्रकारिता सम्बन्धि प्रशिक्षण पनि लिएका प्रकाश सुवेदीले काठमाडौ फर्किएर कामना सिने मासिक बाट पत्रकारीताको अध्याय सुरु गरेका थिए। विभिन्न चलचित्र सम्बन्धि पत्रपत्रिकामा आफै प्रधान सम्पादक एवं प्रकाशक सुबेदीले काम गरेका छन्।
यसै क्रममा उनले नेपालकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनमा फिल्म सम्बन्धि कार्यक्रमहरु चलाउन त्य्हालेका हुन् । पत्रकारिता सँग सँगै सुवेदीले हर्के हल्दार र रिसानी माफ नामक दुई टेलिसिरियलको निर्देशन समेत गरेका छन्।
तथापि येतिखेर भने सुवेदीलाई नेपाली चलचित्र सम्बन्धि सत्य तथ्य जानकारी दिने एक मात्र कार्यक्रम रजतपट द प्रकाश सुबेदी सो को प्रस्तुतकर्ताका रूपमा धेरैले चिनेका छ्न ।
रजतपट, ग्ल्यामर गफ, बागिना कार्यक्रम प्रस्तुत गर्दै आएका पत्रकार प्रकाश सुवेदीले नेपाली चलचित्र क्षेत्रमा र विशेष गरि चलचित्र पत्रकारिता क्षेत्रमा बिगत लामो समय देखि पुर्याउदै आएका अतुलनीय योगदनका लागि राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० ले उनलाई बरिष्ठ रंग पत्रकारीता अवार्ड बाट सम्मानित गरेको हो।