काठमाडौँ। नेपाल अपडेटका संचालक मोहन बस्नेतलाई ‘उत्कृष्ठ सामाजिक योगदान अवार्ड’ बाट सम्मान गरिएको छ।
बस्नेतलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, संघीय सांसद चन्द्र भण्डारी र सन्तोष परियारले अवार्ड सहित सम्मान प्रदान गरेका हुन् ।
एक दशक अघि मोफसलमा टेलिभिजन रिपोर्टिङ्मार्फत पत्रकारिता शुरु गरेका मोहन बस्नेत डिजिटल मिडियाको आदर्श पात्रका रुपमा स्थापित नाम हो जसले असहायका लागि सहायता, सामाजिक न्याय र सहयोगको सन्दर्भमा बस्नेतको नाम पर्यावाची जस्तै बनेको छ। गुल्मीको
रेसुँगा न। पा। ३ मा जन्मेका मोहन बस्नेत नेपाल अपडेट मिडिया प्रा लि का संचालक समेत रहेका छन् ।
अविछिन्न सक्रियता र वस्तुनिष्ठ पत्रकारिताको प्रतिफलस्वरुप नेपाल सरकारबाट जनसेवाश्री विभुसणका साथै गतवर्ष उत्कृष्ट युट्युब च्यानलको उपाधी पाएका मोहनलाइ एक भिडियो रिपोर्ट हेरेपछि तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलिले गरेको टेलिफोन सम्बादले पनि निकै चर्चा पाएको थियो ।
सकारात्मक कोणबाटगरिएका तटस्थ तथा निस्पक्ष सामग्रीको मूल्यांकन र निरन्तरको मानवसेवा प्रती उच्च सम्मान गर्दै नेपाल अपडेटका संचालक मोहन बस्नेतलाइ राष्ट्रिय डिजिटल मिडिया अवार्ड मार्फत उत्कृष्ठ सामाजिक योगदान अवार्डबाट सम्मानित गरिएको हो।