काठमाडौँ। बैसाख १५ मा हुने इलामको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिने भएको छ।
इलाम क्षेत्र नं २ मा हुने आसन्न उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेसँग सहमति गरेर माओवादीले इलाममा उम्मेदवारी नदिने भएको हो। यसअघि माओवादी केन्द्र इलामले एकल रुपमा धिरेन्द्र शर्मालाई उम्मेदवारको रुपमा सिफारिस गरेको थियो ।
इलामबाट उम्मेदवारको रुपमा सिफारिस भएका धिरेन्द्र शर्मा रमणले इलाम नेकपा एमालेलाई छोडेको बताएका हुन्। यससंगै बझाङको प्रदेशसभा भने माओवादीले पाउने सहमति भएको बताए।
माओवादी केन्द्रले गत २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र नं २ मा समानुपातिक तर्फ ५ हजार १ सय ५३ मत पाएको थियो ।
इलाममा नेकपा एमालेले स्व. सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ। इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आगामी चैत २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।
                                                            
        
        
        
        
        
        
        
        
        
   
                           
                                                      
   
   
   
   
   
