• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

  • १०. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

बाबुराम भट्टराईले आफैलाई ‘मूर्ख’ ठहर गरेपछि…


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • काठमाडौँ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले आफूलाई ‘मूर्खुको संज्ञा दिएका छन् ।

    Advertisement

     

    उनले राजनीतिक अवस्थाको व्यख्या गर्दै आफैले आफुलाई नै   ‘मूर्खु ठहर गरेका हुन्।   सामाजिक सञ्जालमा एक लामो स्टाटससहित आफ्नै फोटो स्केच शेयर गर्दै उनले विम्बात्मक रुपमा आफूलाई मूर्ख भनेका हुन् ।

    पञ्चायतदेखि हालसम्मको राजनीतिक अवस्थाको ब्याख्या गर्दै,बाबुरामजस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गर्ने  र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहारगरिरहेको ,तर त्यो अरण्यरोदन बनिरहेको  भट्टराईले  लेखेका छन्।

    अहिलेको राजनीतिक अवस्था निरकुंश पञ्चायती कालरात्री जस्तो भएको दावी गरेका उनले ०३३र/३४ सालतिर जस्तै जनतामा चरम निराशा छाएको र पार्टीहरु टुटफुटबाट गुज्रिरहेको बताएका छन् ।

     

    उनले लेखेका छन् _   नयाँ पुस्तालाई थाहा नहुन सक्छ ! तर मलाई झलझली सम्झना छ.  देशको अहिलेको राजनीतिक अवस्था करिब करिब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ । मण्डलेतन्त्रको बिगबिगी थियो । जनतामा चरम निराशा थियो। प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए। बिपी भित्र-बाहिर सबैतिरबाट चेपिएर बरू राजासंग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाल आफ्नै साथीहरूबाट ‘गद्दार’ घोषित भएर एक्लिएका थिए ।

    दिनदिनै रेडियोबाट समाचार आउथ्यो-आज प्रनेका (प्रतिबन्धित नेपाली कांग्रेस)का महामन्त्री पंचायत प्रवेश गरे !भोलि प्रनेका (प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी)का पोलिटब्युरो सदस्य पंचायत प्रवेश गरे – आदि इत्यादि !

    मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे- राजाको निरंकुश ‘पंचायती प्रजातन्त्रु सय बर्ष टिक्ने भयो !

    अर्को बर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए ! राजनीति अलि खुकुलो भयो । पार्टी छोडेर पन्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले । फेरि पनि जनमत संग्रहमा बहुदललाई धाँधली गरेर हराइयो ।

    पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिएकै अवस्थामा ‘गद्दार’ कै पगरी भिरेर संसारबाट विदा भए । बिपीले केही बर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे ।

    दश बर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाल सजिए।

    परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाँ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो । दश बर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन र मधेसविद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो ।

    तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए १ देशको आर्थिक र सामाजिक रूपान्तरणको काम अधूरै रह्यो ! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्। बाबुरामहरू जस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्, तर त्यो अरण्यरोदन बनिरहेछ !

    के इतिहासको गति रोकिन्छ तर ? भनिन्छ- हिस्टोरी रिपिट्स, बिकज् मेन रिपिट्स देयर मिस्टेक्स् । गल्ति सच्याऊॅ, इतिहास दोहोरिन नदिऊॅ!

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता
    केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने
    चाबहिलबाट फरार कैदीबन्दी पक्राउ
    प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द
    एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.