काठमाडौँ। श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।
बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर १४ पार्वतीपुरमा बस्दै आएकोमा सोमबार राती आपसी झगडामा अनिलले श्रीमती सुशीलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।
गम्भीर घाइते भएकी सुशीलालाई नेपालगन्ज मेडिकल कलेजको हलपुर पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियौ ।श्रीमतीको हत्या अभियोगमा अनिललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
 
                                                             
         
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

