×
शनिबार, साउन ११, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

लोकप्रिय समाचार

  • १. रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

  • २. जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

  • ३. रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

  • ४. नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

  • ५. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ६. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • ७. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।

    Advertisement

    यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

    फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

    त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

    त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

    यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

    राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

    फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।

    आइतबार, चैत ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’
    कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी
    विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’
    नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !
    रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !
    रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

    Facebook Page

    लोकप्रिय

    • १.
      रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

    • २.
      जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

    • ३.
      रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

    • ४.
      नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

    • ५.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ६.

    • ७.
      जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

    • ८.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.