×
सोमबार, असार २३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन

कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हरिशयनी एकादशी हो :प्रधानमन्त्री ओली

CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

भोजपुरमा ज्वाइँले एकै ससुराली पक्षका ४ परिवारको हत्या !

कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ३. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • ४. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ५. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • ६. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ७. कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

  • ८. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

  • १०. पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

पल शाह प्रकरणमा आयो खुशीको खबर नाबालिकाले फेरिन् बयान ! अब पल शाह छुट्लान त ?


  •   आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
  • अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । अदालतमा बहस गरेका एक कानून व्यवसायीले अनलाइनखबरलाई बताएअनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन् । प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको पनि उनले भनेकी छन् । पीडित नाबालिकाको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू साक्षी भएको टिप्पणी गरेकी छन् ।

    Advertisement

    सरकारी वकिलको रोहवरमा उनले प्रहरीसँग दिएको बयानमा चाहिँ उनले शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन् । ‘मध्यराति आएर शाहले विवाह गर्ने झुठो आशमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेका थिए’ उनले त्यतिबेला वयानमा भनेकी थिइन् । तर अदालतमा बकपत्रका क्रममा भने उनले बयान फेरेकी हुन् । उनका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए । शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् । शाहलाई थुनामा पठाउने आदेश दिँदा अदालतले पीडित उनकै बयानलाई आधार मानेको थियो ।

    यो पनि पढ्नुहोस
    आफ्नै बयान बन्यो पल शाहलाई थुनामा पठाउने आधार
    ‘प्रतिवादीले ब्वाइफ्रेण्ड गर्लफ्रेण्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलका क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा प्रतिवादीले पीडितलाई करणी गरेको तथ्यलाई थप पुष्ट्याइँ हुन आएको देखिन्छ’ आदेशमा भनिएको थियो ।

    जिल्ला अदालत, तनहुँमा आइतबार साँझसम्म पनि जाहेरीकर्ता र पीडितको बकपत्र लिने क्रम चलिरहेको छ । ‘आइतबार पीडितको बकपत्र भयो, यसमा उनलाई प्रलोभन दिइएको देखिएको छ’ अधिवक्ता मोहना अन्सारी भन्छिन्, ‘उनको अहिलेको बयानलाई मात्र अन्तिम सत्य मान्नु हुँदैन, अदालतले पीडितलाई कसरी संरक्षण गर्छ भन्ने त्यो ठूलो कुरा हो ।’उनले बलात्कारका थुप्रै घटनामा नाबालिका होस्टाइल भएको धेरै उदाहरणहरु रहेको बताउँदै भनिन्, ‘पीडितको मनोवैज्ञानिक पक्षसँग खेलबाड गरेर वा विभिन्न सपना देखाएर होस्टाइल बनाउने प्रयास हुन्छ, यस्तो कुरालाई अदालतले पनि विचार पुर्‍याउँछ । पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, उनले दिएको भिडियो बयान जस्तो कुरालाई पनि अदालतले आधार बनाउने हुँदा उनको बयान फेरिँदैमा मुद्दामा धेरै असर नहुने उनी बताउँछिन् ।

    आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट
    उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं
    शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन
    कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’
    शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हरिशयनी एकादशी हो :प्रधानमन्त्री ओली
    CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ३.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • ४.
      शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

    • ५.
      शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

    • ६.
      भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

    भर्खरै

    • १.
      प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

    • २.
      उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

    • ३.
      शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन

    • ४.
      कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

    • ५.
      शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हरिशयनी एकादशी हो :प्रधानमन्त्री ओली

    • ६.
      CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

    • ७.
      भोजपुरमा ज्वाइँले एकै ससुराली पक्षका ४ परिवारको हत्या !

    • ८.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.