काठमाडौँ। धरानबाट घोरेटार आउँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको छ ।
दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ। धरानबाट भोजपुर आउँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो। बोलेरोमा १४ जना सवार थिए। मृत्यु हुने ६ जनाको पहिचान भने खुल्न सकेको छैन।
घटनास्थलमा उद्धारको कार्य भइरहेको र एम्बुलेन्स पनि पुगिसकेको भोजपुरका प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताए । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ।