काठमाडौँ। मृत्युपछि वृद्धभत्ता बाढ्ने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानका शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६/७७ को प्रथम महिनासम्मको गरेर ५१ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता सरकारी रकम हिनामिना गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उहाँका अनुसार अस्तित्वमा नभएको व्यक्तिको नाममा आफ्नो आमा नाता जनाएर रकम बुझेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा जरिवाना र कैद सजाय हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।