काठमाडौँ। जनकपुरको होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु भएको छ।
जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको हो । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक फरार भएका छन् ।
रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी थिइन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको जानकरी दिएका छन्।
युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।