काठमाडौँ। सर्लाहीबाट ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ बस्ने वर्ष २४ को रञ्जित राम रहेको प्रहरीले जानकारी दिएको छ।
शंकरपुर बाट सोल्टी तर्फ आउँदै गरेको बिआर–३० डब्लु–५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा आरोपीहरूको साथबाट ४ राउन्ड गोली बरामद गरिएको जानकारी दिए।
२१ वर्षीय पोसन महरा रामको साथबाट ८ एमएम को ४ राउन्ड गोली बरामद गरेपछि सोधपुछ गर्दा बागमती नगरपालिका–८ बस्ने रञ्जित रामको संलग्नता खुलेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।