काठमाडौँ – निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारी निवास छाडेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठन गरेसंगे सुदन किरांती बिदा भएका हुन्।
प्रधानमन्त्री दाहालले नया सत्ता समीकरणको बैठक गरेर गठबन्धन गरेसंगे १३ महिना बढी मन्त्रीको जिम्मेवारी सम्हालेका किराँती बिदा भएका हुन् । किरांतीले सरकारले दिएको निवास छोडेर जादैछु भनेर सामाजिक संजालमार्फत जाकारी गराएका छन्। घर पस्दा धेरै डर लागेको तर निस्कदा खुसी भएको किरातीले बताएका छन् । ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो, त्यो भन्दा गाह्रो त पूरा गर्न हुने कुरा आमाले बताएको किराती सम्झ्न्छन ।’
निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे । आफ्नो पदमा बसेर काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री प्रचण्डलाइ धन्यवाद दिएका छन्। उनले आफ्नो पार्टी र आफ़ुलाइ मत दिएर यो स्थ्यामा पुर्याउने सबैलाई आभार व्यक्त गरेका छन्। संसारका कुना- कुनाबाट सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण जनताहरुलाइ पनि धन्यवाद ज्ञापन गरेका छन्।
सुदन किराँतीको फेसबुकबाट
आज सरकारले दिएको निवास छोडेर जाँदैछु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कदा खुसी छु । मेरो आमाले भन्नु हुन्थ्यो ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो, त्यो भन्दा गाह्रो त पूरा गर्नु हो ।’
४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेँ । यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री ‘प्रचण्ड’, मेरो पार्टी, मलाई मत दिनुहुने मतदातहरु र संसारका कुना(कुनाबाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु । म र मेरो टिमले सकेको कोशिस गरेका छौँ । हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएको छु ।
मैले यहाँ बस्दा मेरो वुवाको एक प्राण लिने मृत्युमात्र देखिनँ, मेरो राजनीतिक जीवनको हजार मृत्युहरु पटक पटक देखे र राजनीतिक मृत्युलाई मैले छल्न सकेँ तर प्राण लिने मृत्युलाई वुवाले छल्नु सक्नु भएन । सत्य यो रहेछ कि भौतिक मृत्यु माथि अठोट र इमानले जित्न नसकिँदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र इमानले जित्न सकिँदो रहेछ ।