काठमाडौँ – जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितका लागि भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। भूकम्प पीडितको सहयोगका लागि भरतपुर महानगरले एक करोड रुपैयाँ सहयोग गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी महानगरका मेयर रेणु दाहालले प्रधानमन्त्री प्रचण्डलाई शुक्रवार एक करोड रकमको चेक हस्तान्तरण गरेकी हुन् ।
रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ। गत कार्त्तिक १९ गते बसेको महानगर कार्यपालिकाको बैठकले भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो ।