काठमाडौँ – महानगरपालिकाले गर्न लागेको भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी सकिएको छ ।
महानगरपालिकाले फागुन १८ (भोलि) गते नारायणी नदि किनारमा हुने कार्यक्रमको तयारी सकिएको हो ।
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भोलि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले समारोहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन ५ जना पूर्व प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का पूर्व अध्यक्षसमेत को उपस्थिति रहने छ।
उद्घाटन समारोहमा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने जनाइएको छ । भरतपुर भ्रमण करिब वर्षमा ५० हजार को उपस्थिति रहने छ ।
समारोहमा राष्ट्रिय कलाकार प्रस्तुति रहने छ। ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, एवम् मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुने जानकारी छ।