काठमाडौँ – मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको म्र्त्यु भएको छ ।
बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको ज्यान गएको हो । हिजो दिउँसो आफ्नै घर अगाडि हिँडिरहेका बेला बिजुलीको पोल ढलेर लाग्दा उहाँ गम्भीर घाइते भएका थिए ।
उहाँलाई हेटौँडामा उपचार हुन नसकी भरतपुर लगिएको थियो । चिवतन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान उहाँको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।