काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले पत्रकारहरूले समयमा पारिश्रमिक नपाएको विषय संसदमा उठाएका छन् ।
संसदको शून्य समयमा उनले भने, ‘श्रमजीवी पत्रकारले तलब नपाएर सडकसम्म पुगेको छ ।
सञ्चार जगत् र पत्रकार विषम परिस्थितिबाट गुज्रिरहेको छ । सरकारले हल गर्न सकेन भने लोकतन्त्र फस्टाउन सक्दैन । श्रमजीवी पत्रकारले समयमा पारिश्रमिक पाउने हो कि होइन ?,’ उनले प्रश्न गरे ।