१० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अवैध सुन आयात प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेको छ । रास्वपा सांसद मनिष झाले भन्नुभयो, ‘भन्सारबाट एक क्विन्टल सुन कसरी पास भयो भन्ने विषयमा प्रश्न छ । यस सम्बन्धमा निष्पक्ष छानबिन हुन पर्यो भनेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव सभामुखलाई बुझाएका छौं ।’
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने जस्तो उग्र राजनीति नगरी सुन प्रकरणको छानबिनको माग गर्दै लोकतान्त्रिक पद्धतिलाई सहयोग गर्नका लागि प्रस्ताव लगेको उहाँले बताउनुभयो । प्रस्तावमा २० जना सांसदको हस्ताक्षर रहेको छ ।