काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकामा एक पुरुषको घरमै हत्या भएको छ । देवाही गोनाही ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
राति सुतेकै स्थानमा साहको हत्या भएको र उनको घाटीमा धारिलो हतियार प्रहार भएको देखिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
घटनाका बारेमा अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको प्रहरीले जानकारि दिएकव छ । प्रारम्भिक अनुसन्धानका क्रममा मृतककी श्रीमतीले राति चारजना मान्छेहरु घर भित्र प्रवेश गरी आफूलाई छेउको कोठामा थुनेर श्रीमानको हत्या गरेको बताएकी छिन ।
हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।