काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिएका छन् । हेलिकाेप्टर माैसमकाे कारण वा अरु कुनै कारण सम्पर्कविहीन भएकाे भन्ने एकिन हुन बाकीँ नै रहेकाे छ । त्यस हेलिकाेप्टरमा काे-काे सवार थिए त्याे भने पत्ता लागिसकेका छैन ।