काठमाडौँ । लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि बैठक १० मिनेटका लागि स्थगित भएको हो । दोस्रो अधिवेशनको १७औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो ।
सभामुख तुलाराम घर्ती मगरले जेनरेटरमा आगलागी भएको जानकारी दिँदै १० मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको थियो ।

