काठमाण्डौ । सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार एक सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ । १० रुपैयाँले बढेर एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।