• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ

आरोपबारे स्पष्टिकरण : ‘ट्राफिक हवलदार रोशननाथबारे अपुष्ट तथा भ्रामक सूचना प्रसारण भयो’

नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

पशुपति क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा सम्पन्न

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको यस्तो छ अवस्था

छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून

मेनपावर सुधारको रोडम्याप सार्वजनिक

लोकप्रिय समाचार

  • १. ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ३. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ४. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ५. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ६. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ७. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ८. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ९. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • १०. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

‘ट्रायल’ मा ७० प्रतिशत लागू भएपछि पास हुने १० प्रतिशतले बढे


  •   शुक्रबार, असार १५, २०८० मा प्रकाशित
  • काठमाण्डाै । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे गाडीकाे ‘ट्रायल’ परीक्षा पास हुने १० प्रतिशतले बढेका छन् । बाग्मती प्रदेश सरकारले गरेको निर्णयअनुसार काठमाण्डाै उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले गएकाे फागुनदेखि ‘ट्रायल’ दिँदा ७० प्रतिशत आए पास हुने नियम लागू गरेका थिए ।

    Advertisement

    पहिले दुई पाङ्ग्रे गाडीमा स–साना गल्तीका कारण फेल हुनेको सङ्ख्या बढी भएकाले अहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत हुँदा पास हुने व्यवस्था लागू गरेपछि पास हुनेको सङ्ख्या बढेको यातायात व्यवस्था कार्यालय (चालक अनुमतिपत्र) एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बताउनुभयो । दुई पाङ्ग्रे गाडीमा पास हुनेको सङ्ख्या १० प्रतिशत बढे पनि चार पाङ्ग्रे गाडीकाे परीक्षामा भने पहिलेभन्दा उल्लेखनीयरूपमा बढ्न नसकेको उहाँले बताउनुभयो ।

    गाडीमा धेरैजसो उकालो र हिल ब्रेकमा फेल हुने प्रमुख कपालीले बताउनुभयो । चार पाङ्ग्रे तथा ठूला गाडीमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भए पनि गाडीको ट्रायलमा मौका नहुने भएकाले फरक नपरेको उहाँले बताउनुभयो ।

    अनुमतिपत्रको परीक्षामा पहिले गाडीमा भन्दा मोटरसाइकल र स्कुटरमा बढी फेल हुने गरेको यातायात कार्यालयले जनाएको छ । पुरानो कार्यविधिअनुसार परीक्षा दिँदा सेवाग्राहीले मोटरसाइकल चलाउँदा एउटा खुट्टा टेकेर फेल हुने गरेका थिए । धेरै सेवाग्राही ट्राफिक बत्तीमा झुक्किएर पनि फेल हुने गरेको प्रमुख कपालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले आठमा खुट्टा टेक्दा एक पटक मौका पाउने र बत्तीमा पनि मौका पाउने गरेका छन् ।’ यातायात व्यवस्था कार्यालयमा पहिले सेवाग्राहीको भिड व्यवस्थापनको समस्या रहेकाेमा अहिले त्याे समस्या समाधान भइरहेको उहाँले बताउनुभयो ।

    ‘नयाँ दर्ता तथा लिखित परीक्षामा समस्या थियो । अहिले समाधान भइरहेको छ’, प्रमुख कपालीले भन्नुभयो, ‘लिखित परीक्षा बिहान ७ बजे सुरु गरेर १० बजेसम्म सकाउने गरेपछि कर्मचारी र सेवाग्राही दुवैलाई सजिलो भएको छ ।’

    प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने नियम अरू प्रदेशले यसअघि नै कार्यान्वयन गरे पनि बाग्मती प्रदेशले भने ढिला सुरु गरेको थियो । विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्ग्रे गाडीमा ३५ देखि ४० प्रतिशत सेवाग्राही पास हुने गरेका यातायात व्यवस्था विभागले जनाएको छ ।

    लिखित परीक्षा पास भएका सेवाग्राहीले प्रयोगात्मक परीक्षा एक पटक फेल भए पनि तीन पटकसम्म दिन पाउने व्यवस्था छ ।

    शुक्रबार, असार १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ
    नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
    अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
    पशुपति क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा सम्पन्न
    नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात
    वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको यस्तो छ अवस्था

    Facebook Page

    लोकप्रिय

    • १.
      ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • २.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ३.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ४.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    • ५.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ६.
      आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

    भर्खरै

    • १.
      गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ

    • २.
      आरोपबारे स्पष्टिकरण : ‘ट्राफिक हवलदार रोशननाथबारे अपुष्ट तथा भ्रामक सूचना प्रसारण भयो’

    • ३.
      नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल

    • ४.
      अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

    • ५.
      पशुपति क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा सम्पन्न

    • ६.
      नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

    • ७.
      वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको यस्तो छ अवस्था

    • ८.
      छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.