काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । गुरुङलाई सीआइबीको टोलीले उहाँकै निवास नक्सालबाट नियन्त्रणमा लिएको हो ।
गुरुङ बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणका आरोपित हुनुहुन्छ । प्रहरीको फरारको सूचीमा रहनु भएका गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलेमतोमा सबैभन्दा धेरै जग्गा खरिद गरेको छानबिनबाट फेला परेको थियो ।
विशेष अदालतले २०७७ मा गुरुङसँग २ करोड रुपैयाँ धरौटी मागेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उहाँ अदालतमा उपस्थित हुनु भएको थियो ।