काठमाडौँ । सर्पदंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका २ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनु भयो ।
आइतबार राती घरको ढोकामा सर्प देखेपछि राजवंशीले समातेर घाँटीमा बेरेको र सोही क्रममा सर्पले डसेको बताइएको छ । मदिरा सेवन गरेका राजवंशीले सर्प समातेको र सर्पलाई घाँटीमा बेरेपछि दुवै हातमा सर्पले डसेको थियो । सर्पको डसाइबाट सख्त भएका राजवंशीलाई राती नै चारआलीस्थित सर्प दंश उपचार केन्द्रमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।