काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोरमा सुनकोशी नदीमा गाडी खस्दा ३ जना बेपत्ता भएका छन् । गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट सीटिइभीटिको सरकारी गाडी सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीमा सवार ३ जना बेपत्ता भएका छन् भने चालक पौडिएर निस्किएका छन् । थप विवरण आउन बाँकी छ ।