काठमाडौं । आइतबार काठमाडौंमा एक नर्सले बिहे गर्न नमानेपछि प्रेमी डाक्टरको घरमै पुगेका आत्महत्या गर्नु भएको छ । वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ति बाल अस्पतालका डा. सुजन ढकालको घरमा मृत फेला परेको काठमाडौं प्रहरी परिसरले बताएको छ ।
प्रेम सम्बन्धमा रहेका सुजनले विवाह गर्न नमानेपछि श्रेष्ठले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले प्रेमी ढकालको बोहराटारस्थित घरमा मृत भेटिएकी श्रेष्ठको सुसाइड नोट फेला पारेको छ । घटनाबारे प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।