काठमाडौँ । स्वास्थ्य उपचारका लागि भारत जानु भएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार आज स्वदेश फर्किने हुनु भएको छ । नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा उहाँको उपचार भएको थियो । स्वास्थ्यमा क्रमिक सुधार भएपछि एम्स अस्पतालले उहाँलाई आइतबार डिस्चार्ज गरेको हो ।
बेलुकी साढे ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल र उहाँसँग आएको टोली फर्किने तयारीमा छ । राष्ट्रपति पौडेलको छातीमा पानी जम्ने समस्या देखिएको र त्यसको उपचार काठमाडौंको शिक्षण अस्पतालमा हुँदै आएको थियो । राष्ट्रपति पौडेललाई वैशाख ६ गते थप उपचारका लागि भारत लगिएको थियो ।