काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिका सांसद स्वर्णिम वाग्लेले संसदमा पहिलो सम्बोधन गर्नु भएको छ । उहाँले शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै तनहुँका जनताको विश्वासलाई डगमगाउन नदिने प्रतिबद्दता समेत जनाउनु भएको छ ।
उहाँले भन्नु भयो, ‘आज मात्रै सपथ लिएको छु । नव निर्वाचित सांसद हुँ । हालै मलाई निर्वाचनमा भारीमत र मतान्तर सहित विजयी बनाएर प्रतिनिधि सभामा पठाउनु भएका तनहुँका मतदाता प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु । उहाँहरुको स्नेह, विश्वास र भरोशालाई म डगमगाउन दिने छैन ।’
वाग्लेले बैशाख १० मा भएको उप निर्वाचनमा तनहुँ १ बाट ३४ हजार ९ सय १९ मत ल्याएर विजयी हासिल गर्नु भएको हो ।