काठमाडाैं । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छाको संरक्षणका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको हो ।
यही बैशाख २२ देखि २८ गतेसम्म गोरक्ष महायज्ञ गरिने कार्यक्रम रहेको महायज्ञका संयोजक उत्तम पुडासैनीले जानकारी दिनु भयो । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि पहिलोपटक यस्तो महायज्ञ गर्न लागिएको र महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नु हुने भएको छ।