काठमाडौँ । डोटीको जोरायल गाउँपालिका १ तुसे गाउँमा एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय विपीनगरका अनुसार भीरबाट लडेर ज्यान गुमाउनेमा जोरायल गाउँपालिका १ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल रहनु भएको छ ।
बिहान घर नजिकैको जंगलमा स्याउला ल्याउन जानु भएकी मल्ल घर नफर्कीएपछि परिवारले खोजी कार्य गर्ने क्रममा उहाँ घरदेखि करिब दुई किलोमीटर टाढा भीरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उहाँको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । मृतक महिला गर्भवती रहेको बताइएकाे छ ।