• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ४. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ७. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ८. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ९. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

ब्रसेल्समा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड


  •   मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
  • ब्रसेल्स । सेल्समा आयोजित टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान गरिएको छ।
    सोमबार ब्रसेल्सस्थित युरोप–एसियाली अध्ययन संस्थानमा आयोजित नेपाल–ईयू टेक फोरम २०२६ मा युरोपेली संघका प्रतिनिधि, अग्रणी प्रविधि कम्पनीहरू, लगानीकर्ता तथा नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता रहेको थियो।

    Advertisement

    ‘डिजिटल नवप्रवर्तन र लगानी’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रत्यक्ष विदेशी लगानी, डिजिटल प्रतिभाको आवागमन तथा नवप्रवर्तन साझेदारी जस्ता विषयमा नेपाल–युरोप सहकार्यका सम्भावनाबारे छलफल भएको थियो।

    उद्घाटन सत्रलाई सम्बोधन गर्दै युरोपेली संघका लागि नेपालकी राजदूत सेवा लम्सालले नेपाल डिजिटल रूपान्तरणलाई तीव्रता दिन तयार रहेको र प्रविधि क्षेत्रमा लगानी स्वागत गर्न इच्छुक रहेको बताइन्। उनले नेपालको बढ्दो आईटी सेवा निर्यात र दक्ष जनशक्तिलाई युरोपको डिजिटल सेवाको माग पूरा गर्न सक्षम प्रमुख आधारका रूपमा उल्लेख गरिन्।

    युकेस्थित आईटी तथा साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुसन्सका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले मुख्य वक्तव्य दिँदै युरोपमा दश लाख भन्दा बढी डिजिटल जनशक्तिको अभाव रहेको बताए। बढ्दो लागत र कडा नियामकीय व्यवस्थाका कारण युरोपेली कम्पनीहरूले दक्षिण एसियाजस्ता क्षेत्रतर्फ ध्यान केन्द्रित गरिरहेको उनले उल्लेख गरे। डिजिटल नवप्रवर्तन र अन्तरदेशीय प्रविधि साझेदारीका लागि नेपाल उदाउँदो केन्द्रको रूपमा विश्व मंचमा अगाडी आएको उनले बताए ।
    फुयाँलले जलविद्युतमा आधारित स्वच्छ ऊर्जाको उपलब्धता र कम लागतमा कम्प्युटिङ क्षमताका कारण नेपाल प्रविधि साझेदारीका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताए। ‘नेपाल हरित, एआई(तयार डिजिटल इकोसिस्टम निर्माणका लागि उपयुक्त आधार भएको देश हो,’ उनले भने।

    युरोपेली आयोगअन्तर्गत सञ्चार, नेटवर्क, सामग्री तथा प्रविधि महानिर्देशनालयका अल्भिस एन्कान्सले युरोपेली डिजिटल नीतिबारे प्रस्तुति दिँदै ‘डिजिटल डिकेड’ अन्तर्गत डिजिटल सार्वभौमिकता, डेटा सुरक्षा, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षामा केन्द्रित प्राथमिकताबारे जानकारी दिए।

    कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले भर्चुअल रूपमा सम्बोधन गर्दै प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न गरिएका नीतिगत तथा संस्थागत सुधारबारे जानकारी गराएका थिए ।

    फोरमअन्तर्गत आयोजित दुईवटा प्यानल छलफलमा लगानी तयारी, स्टार्टअप इकोसिस्टम, दिगो डिजिटल विकास तथा डायस्पोराको भूमिका जस्ता विषयमा गहन बहस भएको थियो। युरोपका विभिन्न कम्पनीका विज्ञहरूले डिजिटल पूर्वाधार विस्तार, प्रतिभा आवागमन र नेपाल–युरोप सहकार्यका व्यावहारिक मोडेलबारे आफ्ना अनुभव साझा गरेका थिए।

    छलफलमा सहभागीहरूले नेपालको प्रविधि क्षेत्रले सम्भावनाबाट कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै युरोपसँगको सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताए। साथै, व्यावसायिक वातावरण सुधार, लगानी प्रक्रियामा सहजता र नाफा फिर्ता लैजान सकिने व्यवस्थामा सुधार भएको पनि उनीहरुले उल्लेख गरे ।

    कार्यक्रममा दक्ष जनशक्ति विकासका लागि विश्वविद्यालयस्तरीय सहकार्य आवश्यक रहेको औंल्याउँदै जलविद्युत स्रोतलाई वातावरणमैत्री कृत्रिम बुद्धिमत्ता पूर्वाधार निर्माणमा उपयोग गर्न सकिने सम्भावनामा पनि जोड दिइएको थियो।
    दीर्घकालीन सफलता हासिल गर्न विश्वास निर्माण, प्राविधिक दक्षता अभिवृद्धि तथा नेपाली र युरोपेली कम्पनीबीच बलियो प्रतिभा सञ्जाल निर्माण अपरिहार्य रहेको सहभागीहरूले बताएका थिए।

    ७० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम अन्त्यमा नेटवर्किङ सत्रसहित सम्पन्न भएको थियो, जसले आगामी सहकार्यका सम्भावनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

    मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?
    अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय
    रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
    मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग
    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप
    देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ४.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    भर्खरै

    • १.
      सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

    • २.
      अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

    • ३.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • ४.
      मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    • ५.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • ६.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ७.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    • ८.
      आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.