• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ५. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ६. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • ७. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ८. सरकार फिल्डमा हैन, फेसबुकमा मात्रै देखियो: कांग्रेस

  • ९. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

लोकतन्त्रका लागि डेभिल्स आइल्याण्ड जस्तै पीडा भोग्नेहरू आज किन निराश छन ?


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • काठमाडौं । वि.सं. २०६२/६३ सालको त्यो समय सडकमा आन्दोलनको राप थियो, तर राजनीतिक दल र तिनका नेताहरूको लोकप्रियता भने आजको जस्तै स्खलित नै थियो । जनता नेताका अनुहार हेर्न तयार थिएनन तर परिवर्तनको भोक भने मेटिएको थिएन । यस्तो सङ्क्रमणकालीन परिवेशमा आन्दोलनको कमान्ड राजनीतिक दलले होइन, कलेजका भित्ता र सडकका कुनाबाट विद्यार्थी संगठनहरूले सम्हालेका थिए । ती दिन सम्झँदा आजपनि युवा अधिकारकर्मी एवम तत्कालिन आन्दोलनका अगुवा इन्दु प्रकाश शर्माका आँखामा एउटा फरक दृश्य नाँच्छ ।

    Advertisement

    ‘त्यतिबेला नेताहरू पछाडि हुन्थे, हामी विद्यार्थीहरू अगाडि हुन्थ्यौँ । आह्वान हामी गथ्र्यौँ, कार्यक्रम हामी तय गथ्र्यौँ र सम्बोधन पनि हामी नै गथ्र्यौँ,‘शर्मा विगत कोट्याउँदै भन्छन् । गगन थापा नेविसंघको महामन्त्री र गुरुराज घिमिरे अध्यक्ष भएको त्यो समयमा ल्यान्डलाइन फोन, एफएम रेडियो र प्रिन्ट मिडिया नै सूचनाका मुख्य आधार थिए ।

    शर्माका अनुसार तत्कालीन राजा ज्ञानेन्द्र एकातिर रोल्पाको होलेरीमा भूमिगत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्ताको तारतम्य मिलाउँदै थिए भने अर्कोतिर दलहरूलाई प्रतिबन्ध लगाउने दाउ बुन्दै थिए । ‘सेनाको अग्रसरतामा भएको त्यो होलेरी संवाद सफल हुन सकेन । जब राजा र माओवादीबीच कुरा मिलेन, तब राजाले दलहरूमाथि प्रहार सुरु गरे,’ उनी विश्लेषण गर्छन् । राजाको यही महत्त्वाकाक्षाले विद्यार्थी आन्दोलनलाई झन् सशक्त बनायो, जसले अन्ततः लोकतन्त्रको पुनस्र्थापनाको जग बसाल्यो ।

    माघ १९ को शाही ‘टेक ओभर’ पछि इन्दु प्रकाश शर्मालाई म्हेपीस्थित डेराबाटै गिरफ्तार गरियो । उनलाई सोरखुट्टे प्रहरी चौकीमा राखियो र त्यो समय उनका लागि कुनै भयानक सपनाभन्दा कम थिएन । ‘एक महिनासम्म मलाइ पक्राउ पुर्जी दिइएन, कसैलाई भेट्न दिइएन । माघको कठ्याङ्ग्रिँदो जाडोमा ओढ्ने कपडा समेत थिएन । उनी भन्छन,‘मलाई यस्तो ठाउँमा राखिएको थियो जहाँ दिनमा २०–३० जना हुन्थ्यौँ भने रातभरि ठमेलका ‘ट्यापे’हरूलाई पक्रेर ल्याएर १५०–२०० जनालाई एउटै कोठामा कोचिन्थ्यो ।’ उनले आफ्नो त्यो पीडालाई फ्रान्सको कुख्यात ‘डेभिल्स आइल्याण्ड’ र ब्रिटिसले भारतीयहरूलाई राख्ने कालापानीको जेलसँग तुलना गर्छन् । नेपालमा उनको मानव अधिकार हननको कुरा कतै उठेन । तर, कसैले बेलायतबाट प्रकाशित हुने प्रसिद्ध ‘टाइम्स’ म्यागजिनमा ‘विद्यार्थी नेता इन्दु प्रकाश शर्मालाई बिना पुर्जी बन्दी बनाइयो’ भन्ने समाचार छाप्यो । त्यसपछि मात्रै तत्कालीन प्रहरी इन्चार्ज अशोक सिंहले उनलाई पक्राउ पुर्जी दिएका थिए ।

    तत्काल सरस्वती क्याम्पसको विद्यार्थी राजनीतिमा सक्रिय शर्माको अनुभवमा हिजोको प्रहरी र आजको प्रहरीमा आकाश–जमिनको अन्तर छ । हिजोको प्रहरीसँग आजको जस्तो आधुनिक प्रविधि र हतियार थिएन, तर उनीहरूमा सुझबुझ र अनुभव थियो । ‘अहिलेको प्रहरी दुःख गर्न चाहँदैन, सीधै बल प्रयोग र ओपन फायरमा उत्रिन्छ,’ उनी भन्छन् ।

    दुर्गा प्रसाईँको आन्दोलन होस् वा पछिल्लो जेनजी मुभमेन्ट, प्रहरीले भीड नियन्त्रणमा आफ्नो अक्षमता देखाएको उनको ठम्याइ छ । ‘प्रहरीमा ज्ञानको कमी देखिन्छ, अनुसन्धान कमजोर छ । सत्ताको चाकरी गर्ने प्रवृत्तिले प्रहरीको व्यावसायिकता मरेको छ,’ उनी आक्रोश पोख्छन् ।

    ‘डार्क डेमोक्रेसी’ र आकस्मिक पात्रहरू
    हिजो जुन लोकतन्त्रका लागि इन्दु शर्माहरूले रगत र पसिना बगाए, आजको अवस्था देख्दा उनी यसलाई ‘डार्क डेमोक्रेसी’ (अँध्यारो लोकतन्त्र) भन्न रुचाउँछन । जहाँ कुनै राजनीतिक योगदान वा ज्ञान नभएका मान्छेहरू रहस्यमय ढंगले सत्ताको केन्द्रमा पुग्छन् । उनको निशानामा वर्तमान मन्त्रिपरिषद्का सदस्यहरू छन् । ‘हाम्रो गृह प्रशासन, शिक्षा र परराष्ट्र मन्त्रालयको हालत हेर्नुस्, कानुन नबुझेको गृहमन्त्री, शैक्षिक योग्यता र अनुभवमा प्रश्न उठेका शिक्षामन्त्री, र एनजीओको झोला बोकेर हिँड्ने परराष्ट्रमन्त्री छन,’ उनी भन्छन । छिमेकी मुलुक भारत र चीनमा ४० औँ वर्ष कुटनीति बुझेका मान्छेहरू मन्त्री हुँदा नेपालमा भने ‘आकस्मिक पात्र’हरूले राज गरिरहेको उनको तर्क छ ।

    ठेकेदारको कब्जामा राजनीति
    शर्माको सबैभन्दा ठूलो चित्तदुखाइ आफ्नै दल नेपाली कांग्रेसप्रति छ । उनी भन्छन,‘पार्टीले विश्वविद्यालय पढेका, वैचारिक र नैतिकवान विद्यार्थी नेतालाई पाखा लगायो र ठेकेदारहरूलाई टिकट दियो ।’ २०७९ को निर्वाचनमा ६४ जना ठेकेदारले टिकट पाएको र तीमध्ये ५० जनाभन्दा बढीले जितेको तथ्य प्रस्तुत गर्दै उनी भन्छन्, ‘एउटा विद्यार्थी नेतामा नैतिकता, अनुशासन र प्रणालीको ज्ञान हुन्छ, तर ठेकेदारसँग के हुन्छ ? जब राजनीतिमा पैसा र ठेक्कापट्टा हाबी हुन्छ, तब भ्रष्टाचार संस्थागत हुन्छ ।’ शर्माका अनुसार अहिलेको समाज कन्भेन्सनल विजडम वा परम्परागत भ्रम मा बाँचिरहेको छ । जनता र कार्यकर्ताहरू नागरिक हुनुको सट्टा धर्मगुरुका भक्त जस्ता देखिएका छन् । उनका अनुसार अमेरिकामा लोकतन्त्र बलियो हुनुको कारण त्यहाँका जनताले नेतालाई चेक एण्ड ब्यालेन्समा राख्छने गर्दछन ्। तर यहाँ त नेताको गल्तीमा पनि ताली बजाउने अन्धभक्तहरूको भीड भएको उनको दाबी छ ।

    संरचना, नेतृत्व र चेतनामा रूपान्तरणको आवश्यकता
    शर्माले नेपालको वर्तमान लोकतान्त्रिक अभ्यास गम्भीर चुनौतीमा परेको बताउँदै राजनीतिक संरचना, नेतृत्व र नागरिक चेतनामा व्यापक परिवर्तन आवश्यक रहेको औंल्याए ।

    उनका अनुसार नेपालमा राजनीतिक कार्यकर्ताहरू पार्टीप्रति अन्ध समर्थनमा केन्द्रित हुँदा आलोचनात्मक चेतना कमजोर बनेको छ, जसले लोकतन्त्रलाई जोखिममा पारेको छ । ‘नेतालाई प्रश्न नगर्ने संस्कारले न त नेतृत्व सुध्रिन्छ, न त प्रणाली बलियो बन्छ,’ उनले भने ।

    शर्माले पश्चिमी लोकतन्त्रको मुख्य आधार आवधिक निर्वाचन भएपनि त्यसले मात्र गुणस्तरीय शासन सुनिश्चित नगर्ने उल्लेख गरे । विश्वभर अहिले लोकतन्त्रको मोडेल पुनर्विचार गर्ने बहस चलिरहेको र डिजिटल शासन (ई–गभर्नेन्स) जस्ता विकल्पहरू खोजिँदै गएको उनले बताए । उनले वर्तमान राजनीतिमा ‘पपुलिस्ट’ प्रवृत्तिका नेतृत्व हावी भएको टिप्पणी गर्दै नैतिकता, उच्च शिक्षा र जनतासँग जीवनस्तर मिलाउने नेतृत्वको आवश्यकता औंल्याए । उदाहरणका रूपमा महात्मा गान्धी जस्ता नेताले जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेको उनले स्मरण गरे ।

    संविधानमा रहेको आरक्षण नीतिबारे पनि उनले प्रश्न उठाउँदै यसले प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको र प्रतिभा पलायन बढाएको दाबी गरे । ‘जातका आधारमा होइन, गरिबीका आधारमा अवसर दिनु उपयुक्त हुन्थ्यो,’ उनले भने । शर्माले पूराना राजनीतिक संरचना र नेतृत्व परिवर्तन नभएसम्म सुधार सम्भव नरहेको उल्लेख गर्दै गगन थापालगायत नयाँ पुस्ताले संरचनात्मक परिवर्तनको पहल गर्नुपर्ने बताए । उनले लोकतन्त्र स्वतन्त्रतासँग जोडिएको संवेदनशील विषय भएकाले यसको रक्षा गर्न नागरिकस्तरबाट निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ
    चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री
    बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह
    भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन
    जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो
    भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    • ५.
      मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

    • ६.
      ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

    भर्खरै

    • १.
      देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

    • २.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    • ३.
      बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

    • ४.
      भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

    • ५.
      जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

    • ६.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ७.
      जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

    • ८.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.