• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ५. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ६. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • ७. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ८. सरकार फिल्डमा हैन, फेसबुकमा मात्रै देखियो: कांग्रेस

  • ९. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

‘डिएफओ’विरुद्ध छानबिन गरी कारवाहीको माग गर्दै प्रदेश सरकारमा उजुरी


  •   बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
  • जनकपुर । रौतहट जिल्लाको डिभिजन वन कार्यालयमा व्यापक अनियमितता, भ्रष्टाचार र वन दोहन भएको आरोप लगाउँदै मधेश प्रदेश सरकारलाई उजुरी पत्र हस्तान्तरण गरिएको छ । बिहीबार चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालका अध्यक्ष सुनिल कुमार यादवले मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेश सरकारलाई उजुरी पत्र हस्तान्तरण गरिएको छ ।

    Advertisement

    उजुरीपत्रमा रौतहटका डिभिजन वन प्रमुख हेमन्त साहमाथि सरकारी वन स्रोतको दुरुपयोग, मिलेमतोमा काठ बिक्री, सामुदायिक वनको रकम अपचलन तथा तस्करीलाई संरक्षण दिएको आरोप लगाइएको छ । उजुरीमा उल्लेख भएअनुसार सखुवाको काठ आपूर्ति प्रक्रियामा अनियमितता गरी सर्वसाधारणलाई सहुलियत दरमा काठ नदिई गोप्य रूपमा स–मिलहरूसँग मिलेमतो गरी कम मूल्यमा बिक्री गरिएको दाबी गरिएको छ । साथै काठ बिक्रीमा प्रतिफिट कमिशन असुल्ने गरिएको आरोप समेत लगाइएको छ ।

    त्यसैगरी, सामुदायिक तथा साझेदारी वनको दिगो व्यवस्थापनका लागि विनियोजित करिब २० लाख रुपैयाँ रकम अनियमित ढंगले फिर्ता लिई दुरुपयोग गरिएको तथ्य पत्रमा उल्लेख गरिएको छ । विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूको खाताबाट रकम निकाली अपारदर्शी खर्च गरिएको भन्दै त्यसको अडिट र बैंक विवरण जाँच गर्न माग गरिएको छ ।
    उजुरीमा गैडाटार क्षेत्रमा करिब ५ हेक्टर जंगल फँडानी गरी घुस लिएको, प्रमाण लुकाउन वृक्षारोपण गरिएको तथा कार्यालयका महत्वपूर्ण फाइल जलाउन नियोजित रूपमा आगजनी गराइएको जस्ता गम्भीर आरोपहरू पनि समावेश छन् । त्यस्तै, नुनथर क्षेत्रमा कानुन विपरीत संरचना निर्माण गराउन आर्थिक चलखेल भएको, काठ तस्करीलाई सहयोग पु¥याइएको र प्रमाण नष्ट गर्न आगो लगाइएको दाबी गरिएको छ ।

    वन क्षेत्रमा व्यापक तस्करी भइरहेको, विभिन्न वन क्षेत्रमा अवैध फँडानी भएको तथा मन्त्रालयले छानबिन नगरेको भन्दै उजुरीकर्ताले सम्बन्धित निकायमाथि समेत प्रश्न उठाएका छन् । साथै, चुरे क्षेत्रमा क्रसर उद्योगबाट भइरहेको दोहनप्रति समेत ध्यानाकर्षण गराइएको छ । उजुरीमा डिभिजन वन प्रमुख साहले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई आधार मान्दै सामुदायिक वनमा भएका अनियमितता ढाकछोप गरिएको आशंका समेत व्यक्त गरिएको छ ।

    उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय वन तथा वातावरण मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको छ । उजुरीकर्ताले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नगरे अख्तियारसम्म जाने चेतावनी दिएका छन् । यता उजुरीपत्र बुझदै मधेश प्रदेशका वन तथा वातावरण मन्त्री चौधरीले प्राप्त उजुरीमा उल्लेख गरिएका वुंदाहरुमा छानविन गर्ने प्रतिवद्धता जाहेर गरे ।

    उनले वन क्षेत्रमा भइरहेको अवैधानिक क्रियाक्लापको विषयमा आफूलाई जानकारी भएकोले यस विषयमा छानवीन गरी दोषीमाथि कडा कारवाही गरिने बताए । उनले अहिलेको सरकार जनताको सरकार भएकोले जनता र राष्ट्रसंग सम्बन्धित कार्यहरुमा कुनै लापरबाही हुन नदिने बताए ।

    बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ
    चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री
    बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह
    भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन
    जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो
    भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    • ५.
      मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

    • ६.
      ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

    भर्खरै

    • १.
      देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

    • २.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    • ३.
      बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

    • ४.
      भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

    • ५.
      जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

    • ६.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ७.
      जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

    • ८.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.