• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

लोकप्रिय समाचार

  • १. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • २. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ५. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ६. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ७. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • ८. सरकार फिल्डमा हैन, फेसबुकमा मात्रै देखियो: कांग्रेस

  • ९. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा


  •   बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपालका सार्वजनिक संस्थानहरू अहिले संकटको घडीमा छन्। नेपाल आयल निगम, दुग्ध विकास संस्थान (डिडिसी), नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकम जस्ता विशाल संरचना भएका संस्थाहरू समेत पछिल्लो समय कुनै न कुनै रूपमा आर्थिक दबाब वा घाटाको मार खेपिरहेका छन् ।

    Advertisement

    यस्ता ठूला संस्थानको वित्तीय अवस्था ओरालो लागेको बेला देशको शैक्षिक मेरुदण्ड मानिने जनक शिक्षा सामग्री केन्द्र पनि घाटाको चक्रव्यूहबाट उम्किन सकेको छैन ।

    दक्ष जनशक्ति, आधुनिक मेसिनरी र दशकौँको अनुभव हुँदाहुँदै पनि संस्थाले किन आर्थिक सङ्कट झेलिरहेको छ त? यसै सन्दर्भमा केन्द्रका प्रवक्ता रामबहादुर कुँवरसँग नेपाल न्यूज बैंकसँग कुराकानी गरेको छ ।

    जनक शिक्षा सामग्री केन्द्रसँग दैनिक लाखौँको संख्यामा पाठ्यपुस्तक छाप्न सक्ने आधुनिक मेसिनरी र प्रविधि छ । प्रवक्ता कुँवरका अनुसार केन्द्रसँग जापानी र भारतीय उच्च गुणस्तरका ‘फोर कलर’ मेसिनहरू उपलब्ध छन् ।

    ‘हामीसँग दैनिक एक लाख थान पुस्तक छाप्ने लक्ष्य र सोही अनुसारको मेसिनरी क्षमता छ,’ कुँवर गर्वका साथ भन्छन्, ‘सरकारले कक्षा १ देखि १२ सम्मका सबै पाठ्यपुस्तक छाप्ने पूर्ण अधिकार दिने हो भने समयमै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन सक्छौँ। यो हाम्रो दायित्व पनि हो र यसलाई सहजै पूरा गर्न सक्छौँ।’

    उनका अनुसार केन्द्रमा पुराना अनुभवी कर्मचारी र लोकसेवा उत्तीर्ण गरेर आएका नयाँ युवाहरूको टोलीले काम गरिरहेको छ, जसले गर्दा जनशक्तिको अभाव महसुस गरिएको छैन ।

    तर समस्या उत्पादनमा नभइ नीतिगत संरचनामा रहेको उनको तर्क छ । जनक शिक्षा घाटामा जानुको मुख्य कारण व्यापारिक कमजोरी नभई मूल्य समायोजनको समस्या हो ।

    जनक शिक्षा व्यापारिक संस्था नभई सेवामुखी संस्था भएकाले यसको मूल्य निर्धारण बजारले नभई पाठ्यक्रम विकास केन्द्रले गर्छ । यही कारण कच्चा पदार्थ कागज, मसी, प्लेटको मूल्य अत्यधिक बढ्दा पनि पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन सकेको छैन ।
    ‘हामी व्यापारिक होइन, सेवामुखी संस्था हौँ। पाठ्यक्रम विकास केन्द्रले मूल्य निर्धारण गर्छ, तर अहिले कागज, मसी र प्लेट जस्ता कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमै आकाशिएको छ । तर, पाठ्यपुस्तकको बिक्री मूल्य सोही अनुसार बढ्न सकेको छैन,’ उनले भने ।

    ‘महँगी बढेको अवस्थामा पनि मूल्य समायोजन नहुँदा पाठ्यपुस्तकमा घाटा देखिएको हो,’ कँुवर भन्छन्। उनका अनुसार अब नयाँ सरकारले मूल्य समायोजन गरी संस्थालाई घाटाबाट जोगाउने विश्वास कुँवरले लिएका छन् ।

    लागत मूल्य बढ्ने तर बिक्री मूल्य पुरानै रहँदा संस्थाले घाटा बेहोर्नुपरेको हो। नयाँ सरकारले मूल्य समायोजन गरेर संस्थालाई कम्तीमा ‘ब्रेक इभन’ (नाफा–घाटा बराबर) को स्थितिमा ल्याउनेमा केन्द्र आशावादी देखिन्छ ।

    जनक शिक्षा सामग्री केन्द्र पूर्ण रूपमा नेपाल सरकारको स्वामित्वमा रहेको संस्था हो,जसमा शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ५०–५० प्रतिशत शेयर छ । तर विडम्बना, अहिलेसम्म सरकारले यस संस्थालाई प्रत्यक्ष अनुदान दिएको छैन । आवश्यक पर्दा मात्र अर्थ मन्त्रालयबाट ‘सफ्ट लोन’ लिने गरिएको छ । शैक्षिक सामग्री जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने संस्थालाई सरकारले छुट्टै बजेट विनियोजन गरेर अनुदान दिनुपर्ने माग केन्द्रको छ ।

    ‘हामीलाई सरकारले बजेट दिँदैन, आवश्यक पर्दा अर्थ मन्त्रालयबाट सहुलियत ऋण ‘सफ्ट लोन’ लिएर काम गर्छौं,’ कुँवर थप्छन्, ‘तर वास्तवमा यस्ता शैक्षिक संस्थाहरूका लागि सरकारले छुट्टै बजेट र अनुदानको व्यवस्था गर्नुपर्छ।’

    जनक शिक्षाको भूमिका केवल पाठ्यपुस्तक छपाइमा सीमित छैन। यसले निर्वाचन आयोगका मतपत्र, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा प्रश्नपत्र, शिक्षक सेवा आयोगका प्रश्न, एसईई र कक्षा १२ का उत्तरपुस्तिका, हुलाक टिकट, टेलिकमका रिचार्ज कार्ड जस्ता संवेदनशील र गोप्य सामग्रीसमेत छाप्दै आएको छ ।

    कोभिड–१९ महामारीको समयमा समेत यस संस्थाले राजस्व स्टिकर छापेर सरकारलाई सहयोग गरेको थियो। यसले देखाउँछ कि संस्थाको क्षमता र योगदानमा कमी छैन, तर व्यवस्थापन र नीतिगत सहयोगको खाँचो भने टड्कारो छ ।

    जनक शिक्षा सामग्री केन्द्रको अवस्था केवल एउटा संस्थाको कथा होइन, यो नेपालका सार्वजनिक संस्थानहरूको साझा समस्या पनि हो । जहाँ क्षमता हुँदाहुँदै पनि नीतिगत असन्तुलन र बजारको मूल्य समायोजन पनि उत्तिकै जिम्मेवार छ ।

    जनक शिक्षा सामग्री केन्द्र जस्तो दक्ष जनशक्ति र मेसिनरी भएको संस्थालाई सरकारले उचित बजेट, अनुदान र अधिकार दिने हो भने यसले घाटा पूर्ति मात्र गर्दैन, समग्र शैक्षिक क्षेत्रमै ठुलो योगदान पुर्याउन सक्छ ।

    बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ
    चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री
    बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह
    भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन
    जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो
    भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • २.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    • ५.
      मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

    • ६.
      बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

    भर्खरै

    • १.
      देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

    • २.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    • ३.
      बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

    • ४.
      भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

    • ५.
      जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

    • ६.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ७.
      जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

    • ८.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.