काठमाण्डौ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । आज सुन प्रतितोला ८०० र चाँदी ३० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १३० रुपैयाँ कायम भएको छ ।
हिजो (मंगलबार) छापावाल सुनको मोल प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

