• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

बिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग


  •   सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
  • हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित तिलखण्डी क्षेत्रमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग गरिएको घटना सार्वजनिक भएको छ । कार्यालयको कामबाहेक पारिवारिक घुमघामका लागि सरकारी गाडी प्रयोग गरिएको देखिएपछि स्थानीयवासीले कडा आपत्ति जनाएका छन् । प्रत्यक्षदर्शी सुनिल वाइबाका अनुसार बिदाको दिन बागमती प्रदेश ०१–००२ झ ७१८४, बा २ भ १३९१ र प्रदेश ३–०३–००१ झ ००२८ नम्बरका सरकारी सवारीसाधनहरू होटल, भट्टी तथा मनोरञ्जनस्थलअगाडि लामो समयसम्म रोकिएका देखिएका थिए ।

    Advertisement

    ती सवारीमा आएका व्यक्तिहरू मदिरा सेवन तथा खानपिनमा संलग्न रहेको र कतिपय अवस्थामा परिवारका सदस्यसँगै घुमघाममा निस्किएको समेत देखिएको उनले बताए ।
    स्थानीय कुमारी स्याङतानले जनताको करबाट सञ्चालन हुने सरकारी सवारीलाई निजी प्रयोजनमा प्रयोग गर्नु गम्भीर दुरुपयोग भएको बताइन् । ‘बिदाको दिनमै मदिरा सेवन र पारिवारिक घुमघामका लागि सरकारी गाडी प्रयोग हुनु निन्दनीय छ,’ उनले भनिन् ।

    स्थानीयका अनुसार त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने उक्त क्षेत्रमा बिदाका दिन ‘खाजा ब्रेक’का नाममा सरकारी सवारी रोकेर घण्टौँ बिताउने प्रवृत्ति बढ्दै गएको छ । साँझपख भट्टी तथा बारहरूमा समेत सरकारी गाडीको उपस्थिति देखिनु दुरुपयोगको स्पष्ट संकेत भएको उनीहरूको भनाइ छ । कानुनी व्यवस्थाअनुसार सरकारी सवारीसाधन कार्यालयीय प्रयोजनबाहेक अन्यत्र प्रयोग गर्न पाइँदैन । तथापि, व्यवहारमा यसको खुलेआम उल्लङ्घन भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् । यस्ता गतिविधिमा प्रहरी तथा सम्बन्धित नियमन निकायबाट प्रभावकारी निगरानी र कारबाही नदेखिएको भन्दै उनीहरूले प्रश्न उठाएका छन् ।

    एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, ‘सामान्य नागरिकलाई सानो गल्तीमा कारबाही गर्ने निकायले सरकारी सवारी दुरुपयोगमा किन मौन रहन्छ ? कानून सबैका लागि समान हुनुपर्दैन ?’ स्थानीय अगुवा छिरिङ लामाले घटनाबारे तत्काल छानबिन गर्न माग गरेका छन् । ‘उक्त सवारी कुन निकायका हुन्, किन प्रयोग भए र कसको निर्देशनमा प्रयोग गरिए यसको यथाशीघ्र छानबिन हुनुपर्छ । दोषीमाथि कडा कारबाही नगरेसम्म यस्तो प्रवृत्ति रोकिन्न,’ उनले भने ।

    उक्त घटनाले सरकारी स्रोत–साधनको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ । स्थानीय बासिन्दाले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूको भनाइमा यस्ता घटनामा बेवास्ता गरिए सरकारी स्रोतको दुरुपयोग अझ बढ्दै जानेछ र राज्यप्रति नागरिकको विश्वास कमजोर हुँदै जानेछ ।

    सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.