• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ६. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ७. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • ८. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

  • ९. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • १०. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

महसुल नतिर्दा कटहरिया नगरपालिका र खानेपानीको लाइन काटियोः १६ सय परिवार मारमा


  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
  • रौतहट । रौतहटको कटहरिया नगरपालिकामा विद्युत महसुल बक्यौताका कारण नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि नगरपालिकासहित १६ सय परिवारको बिचल्ली भएको छ । प्राधिकरणको मौलापुर शाखाले महसुल नतिरेको भन्दै नगरपालिका कार्यालय र वडा नम्बर ५ स्थित खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिदिएपछि पालिकाको प्रशासनिक सेवा र खानेपानी आपूर्ति पूर्ण रूपमा प्रभावित भएको हो ।

    Advertisement

    यो गर्मी र तातो हावा (लु) चलिरहेको समयमा खानेपानीको लाइन काटिएपछि कटहरिया–४ र ५ का स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ । तीन दिनदेखि धारामा पानी नआउँदा पिउने पानीको समेत अभाव भएको स्थानीयले गुनासो गरेका छन् । विद्युत प्राधिकरणको टोलीले तीन दिनअघि नै खानेपानी समितिको मिटर निकालेर लगेपछि नगर क्षेत्रमा हाहाकार मच्चिएको हो ।

    नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख उमेश दासका अनुसार पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम भुक्तानी नभएपछि लाइन काट्नु परेको हो । उनका अनुसार खानेपानी उपभोक्ता समितिले ३ लाख ५१ हजार ४०० रुपैयाँभन्दा बढी र नगरपालिका कार्यालयले ७३ हजार रुपैयाँ बक्यौता रकम तिर्नु छ । लाइन काटिएपछि नगरपालिकाका जनप्रतिनिधिहरूबीच नै अहिले आरोप–प्रत्यारोप सुरु भएको छ। वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहाले मेयर अजय प्रकाश जयसवालको चरम लापरवाहीका कारण जनताले सास्ती भोग्नुपरेको आरोप लगाएका छन । यता खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले भने यसको दोष नगरपालिकालाई दिएका छन् । मेयर जयसवालले चुनावका बेला र त्यसपछि पनि ’नगरमा पानी निःशुल्क’ गर्ने घोषणा गरेकाले उक्त महसुलको जिम्मेवारी नगरपालिकाले नै लिनुपर्ने साहको तर्क छ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माध्वेन्द्र चौधरीले पालिकाको नाममा रहेको ७३ हजार रुपैयाँ बक्यौता दुई दिनभित्र तिरेर प्रशासनिक सेवा सुचारु गर्ने प्रतिबद्धता जनाए। तर, खानेपानी समितिको १३ लाखभन्दा बढीको महसुल भने पालिकाले तिर्न नसक्ने उनले स्पष्ट पारे। यसले गर्दा खानेपानीको समस्या तत्काल समाधान हुने संकेत देखिएको छैन।
    गर्मीमा पानी पिउनबाट वञ्चित गराइएको भन्दै स्थानीय उपभोक्ताहरू आक्रोशित भएका छन्। उनीहरूले तत्काल विद्युत जडान गरी पानी आपूर्ति सुचारु नगरे नगरपालिका कार्यालय घेराउ गर्ने र कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

    हाल नगरपालिकाको सेवा प्रभावित हुँदा सेवाग्राहीहरू निराश छन् भने नगरवासीहरू खानेपानीका लागि वैकल्पिक स्रोतको खोजीमा भौँतारिरहेका छन्।

    आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ६.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.