काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ पेप्सीकोलामा सडक पेटी अवरोध हुने गरी निर्माण सामग्री राखिएको पाइएपछि महानगर प्रहरीले कारबाही गरेको छ।
महानगर प्रहरी बलले सार्वजनिक आवागमनमा अवरोध पुर्याएको भन्दै श्री संजीव अर्याललाई सामग्री तत्काल हटाउन लगाउँदै रु २० हजार जरिवाना गरेको जनाएको छ।
महानगरले सार्वजनिक स्थान अतिक्रमण नगर्न र नियम उल्लंघन गरे कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

