• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, साउन ०८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

पूर्वराष्ट्रिय गोलरक्षक उज्ज्वल मानन्धर प्रशिक्षणमा व्यस्त : बालबालिकालाई मोबाइलबाट मैदानतिर आकर्षित गर्दै


  •   बुधबार, चैत १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । आजको डिजिटल युगमा बालबालिकाहरूको दैनिकी मोबाइलको सानो स्क्रिनमा खुम्चिँदै गएको छ । तर, ललितपुरको जाउलाखेल मैदानमा भने दृश्य बेग्लै छ । यहाँ केही स–साना बालबालीकाका खुट्टाहरू बलसँगै दौडिरहेका भेटिन्छन् । तीनै बालबालिकालाई मोबाइलको लतबाट छुटाएर फुटबलको मैदानमा पसिना बगाउन प्रेरित गर्ने मुख्य व्यक्ति हुन पूर्वराष्ट्रिय गोलरक्षक तथा प्रशिक्षक उज्ज्वल मानन्धर । पूर्व गोलरक्षकसमेत रहेका मानन्धरले राष्ट्रिय महिला टोलीदेखि पुरुष तथा उमेर समूहका टिमसम्म काम गरिसकेका छन् ।

    Advertisement

    अहिले उनी जाउलाखेल क्लब सञ्चालित फुटबल एकेडेमीमार्फत नयाँ पुस्तालाई प्रशिक्षण दिइरहेका छन् । उनका अनुसार यो पहल केवल खेल सिकाउने मात्र नभई, फुटबलप्रति रुचि भएका बालबालिकालाई सही दिशा दिने उद्देश्यले सुरु गरिएको हो । ‘हामीले ग्रासरुटदेखि नै बच्चाहरूलाई समेटेर प्रशिक्षण सुरु गरेका छौं,’ मानन्धर भन्छन्, ‘राष्ट्रिय टोलीसँग काम गरिसकेका प्रशिक्षकहरू नै यहाँ आबद्ध हुनुहुन्छ ।’

    उनीसँगै प्रशिक्षक किशोर केसी र सुनिल श्रेष्ठ पनि यस अभियानमा संलग्न छन् । उनीहरूको समन्वयमा उमेरअनुसार प्रशिक्षण विभाजन गरिएको छ । सानो समूह मानन्धर स्वयंले हेर्छन् भने माथिल्लो समूह अन्य प्रशिक्षकहरूले सम्हाल्छन् ।

    बालबालिकासँग काम गर्दा आफूलाई विशेष सन्तुष्टि मिल्ने मानन्धर बताउँछन् । ‘उनीहरूको उत्साहले नै ऊर्जा दिन्छ,’ उनी भन्छन्, दिनभरका कुरा साटासाट गर्दै प्रशिक्षण गर्दा रमाइलो मात्र होइन, आत्मसन्तुष्टि पनि मिल्छ ।’

    आफ्नो खेल जीवन सम्झिँदै उनी अहिलेका पुस्तालाई भाग्यमानी ठान्छन् । ‘हामी खेल्दाखेरि एउटा बुटका लागि संघर्ष गर्नुपथ्र्यो,’ उनी सम्झन्छन्, ‘कहिलेकाहीँ त प्लास्टिकको गोलो बनाएर बलको सट्टा खेल्थ्यौं । तर अहिलेको दृश्य फरक छ हरेक बच्चाको खुट्टामा बुट, शरीरमा जर्सी र हातमा बल छ ।’
    हाल एकेडेमीमा करिब ६०–७० जना बालबालिका आबद्ध रहेको उनले बताए । उनले विद्यालय समयलाई ध्यानमा राख्दै सातामा पाँच दिन साँझ ४ बजेदेखि प्रशिक्षण सञ्चालन गरिन्छ भने आइतबार बिहान विशेष सत्र राखिने गरेको बताए ।

    प्रशिक्षणलाई कडा अभ्यासभन्दा बढी रमाइलो र सिकाइको मिश्रण बनाइएको मानन्धर बताउँछन् । अभिभावकहरूका लागि पनि यो पहल उपयोगी सावित भएको छ । मोबाइलमा अत्यधिक समय बिताउने बालबालिकालाई मैदानमा ल्याएर सक्रिय बनाउने माध्यम बनेको छ यो एकेडेमी । ‘अभिभावकहरू भन्छन्, यहाँ आएपछि बच्चाहरूमा सकारात्मक परिवर्तन देखिएको छ,’ मानन्धर भन्छन् ।

    मैदानमा दौडिने, पसिना बगाउने र साथीहरूसँग खेल्दै सिक्ने यी सबैले बालबालिकाको दैनिकीलाई स्वस्थ बनाएको छ । यही कारण, बालबालिकाहरू शनिबार र बिदाका दिनमा समेत प्रशिक्षण गर्न आग्रह गर्ने गरेका छन् ।

    उज्ज्वल मानन्धर र उनका सहकर्मीहरूको प्रयास केवल खेलाडी उत्पादनमा सीमित छैन, उनीहरू अनुशासन, स्वास्थ्य र सकारात्मक जीवनशैलीको बीउ रोपिरहेका छन् । छायाँमा रहेर पनि नेपाली फुटबलको भविष्य निर्माणमा उनीहरूको योगदान गहिरो र अर्थपूर्ण देखिन्छ ।

    बुधबार, चैत १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.