• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ

३८० कलाकारको अभिनय रहेको ‘साहु बा’ को ट्रेलर सार्वजनिक

विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ५. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ६. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ७. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • १०. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित


  •   बुधबार, चैत १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय बालबालिका नयाँ किसिमको क्यान्सर रोगको पहिचान हुने गरेका छन् । धेरै बालबालिकाले समयमै उपचार पाउन सकिरहेका छैनन् ।

    Advertisement

    विशेषगरी आर्थिक रूपमा कमजोर वा विपन्न वर्गका परिवारहरूका लागि क्यान्सरको उपचार निकै महँगो हुने भएकाले, चाहेर पनि आफ्ना बालबालिकाको उपचार गराउन नसक्ने अवस्था देखिन्छ । यस कारणले गर्दा धेरै बालबालिकाहरू उपचारबाट वञ्चित भइरहेका छन् ।
    क्यान्सर विशेषज्ञ डा.अन्जली पण्डितले सबैभन्दा बढी देखिने क्यान्सर भनेको ब्लड क्यान्सर अर्थात् ‘ल्यूकेमिया’ रहेको बताएकी बताइन । २ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकामा यो रोग बढी देखिने उनले बताइन ।

    उनले बालबालिकामा पहिलो नम्बरमा ब्लड क्यान्सर, दोस्रो नम्बरमा ब्रेन ट्युमर र तेस्रो नम्बरमा ल्यूकेमिया देखिन्छ । प्रत्येक क्यान्सरका प्रकारअनुसार लक्षणहरू फरक–फरक हुन्छन् । त्यसैले समयमै पहिचान गर्न अभिभावक सचेत हुन आवश्यक छ ।
    ब्लड क्यान्सरका लक्षणहरू मुख्यतया शरीरमा बन्ने रगतका तत्त्वहरूमा कमी आउनु हो । हाम्रो शरीरमा सेतो रगत, रातो रगत र प्लेटलेट्स (पहेंलो रगत) महत्त्वपूर्ण हुन्छन् । जब यी तत्त्वहरूमा कमी आउँछ, तब बच्चामा कमजोरी, थकान, बारम्बार संक्रमण हुनु, छालामा नीलडाम देखिनु, रगत बग्नुजस्ता समस्या देखिनछन् । यस्ता लक्षणहरू देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनु आवश्यक रहेको उनले बताइन् ।

    ब्रेन ट्युमरका लक्षण भने फरक किसिमका हुन्छन् । बच्चाले टाढाको वस्तु स्पष्ट देख्न नसक्नु, आँखामा धमिलोपन देखिनु, बिहान उठ्नेबित्तिकै वाकवाक लाग्नु वा बान्ता आउने जस्तो हुनु, हिँड्दा सन्तुलन बिग्रिनु, बारम्बार लड्नुजस्ता लक्षणहरू देखिन सक्छन् । पहिले राम्ररी हिँडिरहेको बच्चा अचानक असन्तुलित हुनु गम्भीर संकेत हुन सक्छ । यस्ता लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन ।

    त्यसैगरी, ल्यूकेमियामा हुँदा शरीरका विभिन्न भागहरूमा गाँठागुठी देखिन्छ । कानको पछाडि, घाँटी, काखी वा अन्य भागहरूमा गाँठो देखिन्छ ।
    सानो उमेरका बालबालिकामा आँखाको क्यान्सर पनि देखिन सक्छ । यस्तो अवस्थामा बच्चाको आँखामा सेतो दाग देखिनु, आँखा रातो हुनु, वरिपरि सुन्निनु, वा असामान्य चमक देखिनुजस्ता संकेतहरू देखा पर्न सक्छन्। साना बच्चाहरुले आफ्नो समस्या भन्न नसक्ने भएकाले अभिभावकले विशेष ध्यान दिनु जरुरी हुन्छ ।

    डा. पण्डितका अनुसार कुनै पनि असामान्य लक्षण देखिनेबित्तिकै चिकित्सककहाँँ जानु अत्यन्तै आवश्यक छ । ब्लड क्यान्सर २ देखि १० वर्ष उमेरमा बढी देखिएपनि त्यसभन्दा माथिका उमेर समूहमा पनि देखिन्छ । १२, १४ वा १६ वर्षका किशोर–किशोरीहरूमा पनि क्यान्सर हुनसक्छ । त्यसैले १८ वर्षसम्मका बालबालिकामा क्यान्सरको सम्भावना रहन्छ ।

    परम्परागत मान्यता अनुसार क्यान्सरहरू विशेष उमेर समूहमा मात्र हुने भनिए पनि अहिले व्यवहारमा फरक देखिएको छ । उदाहरणका लागि, हड्डीको क्यान्सर (जस्तै इविङ सार्कोमा) टिनएजमा बढी देखिने भनिए पनि अहिले साना बालबालिकामा देखिन्छ । क्यान्सर जुनसुकै उमेरमा हुने मान्छेमा हुन्छ ।

    उनले भनिन्, ‘अहिले बिज्ञानको प्रविधिको कारणले गर्दा हामीले पनि त्यही बिज्ञान प्रविधिको प्रयोग गर्ने भएकाले उपचार पद्धति धेरै अगाडि बढिसकेको छ । प्रविधिका कारण बालबालिकाहरु धेरै पीडाको महसुस गर्दैनन् ।’

    नेपालमै उपचार गरेर १०० भन्दा बढी बालबालिकाहरू अहिले सामान्य जीवन बिताइरहेका छन् । तीमध्ये केही डाक्टर, इन्जिनियर बनेका छन् भने केही विदेशमा अध्ययन वा काम गर्न गएका छन् । अहिले नेपालमै पनि क्यान्सरको उपचार भएको डा. पण्डितले जानकारी दिइन् ।
    उनले हरेक बालबालिकाको क्यान्सर फरक हुने भएकाले उपचार पनि फरक–फरक विधिबाट हुने बताइन् ।

    ‘हरेक बालबालिकाको क्यान्सर फरक हुन्छ । उपचारको विधि पनि फरक–फरक हुन्छ । एउटालाई काम गरेको औषधि अर्कोमा काम नगर्न सक्छ । त्यसैले तुलना गर्नु उपयुक्त हुँदैन । प्रारम्भिक अवस्थामा आएका बिरामी र ढिला अवस्थामा आएका बिरामीको उपचार पनि फरक हुन्छ,’ उनले भनिन् ।

    केमोथेरापीबाहेक कतिपय अवस्थामा सर्जरी (शल्यक्रिया) र रेडियोथेरापी पनि आवश्यक पर्न सक्छ । अहिले उपचार नेपालमै उपलब्ध छन् । अहिले सबै क्यान्सरको उपचार एउटै छानामुनी उपलब्ध हुने भएकाले बिरामीलाई सजिलो भएको छ । बालबालिका आएपछि सर्जरी गर्न अन्यन्त्रै जानु भन्नु पर्दैन् ।

    उनले क्यान्सर शब्द सुन्नासाथ मानिसहरू डराउने गरेको बताइन् ।

    उनले भनिन्, ‘क्यान्सर शब्द सुन्नासाथ मानिसहरू डराउने गर्दछन् । धेरैले यो निको नहुने रोग हो भन्ने सोच्छन् । उपचार गरे पनि सम्भब छैन् भन्ने सोच्छन् । क्यान्सरको लक्षण देखिने वित्तिकै यसको उपचार गराउन आयो भने ८० देखि ९० प्रतिशत क्यान्सर पीडित पुर्णरुपमा निको हुन्छन् ।’

    उपचारका क्रममा संक्रमण (इन्फेक्सन) ठूलो जोखिम हुन्छ । यदि बच्चालाई भीडभाडमा लैजाने, सरसफाइमा ध्यान नदिने जस्ता गल्ती गरियो भने संक्रमणको खतरा बढ्छ । धेरैजसो अवस्थामा क्यान्सरभन्दा संक्रमणका कारण ज्यान जाने सम्भावना हुन्छ । त्यसैले घरमा पनि सावधानी अपनाउनु अत्यन्त जरुरी रहेको उनको भनाइ छ ।

    बालबालिकामा के कारणले गर्दा क्यान्सर रोग लाग्छ भनेर यकिनका साथ भन्न सकिने अवस्था नरहेको उनले बताइन् । जङ्कफुडकै कारणले गर्दा हो भन्ने तथ्याङ नरहेको उनले बताइन् । तर जङ्कफुड पनि कारण बन्नसक्ने डा. पण्डितको भनाइ छ । ‘खानपानमा ध्यान दिइएन भने स्वास्थ्यमा असर चाही गर्छ । बाहिरको खाने कुरामा मात्र खुवाउँदा स्वास्थ्यमा असर गर्छ । अभिभावकले बालबालिकाको खानपान, वातावरण र जीवनशैलीमा ध्यान दिनुपर्छ,’ उनले भनिन् ।

    यस्ता समस्याहरुबाट जोगिनका लागि खानपान, शारीरिक व्ययाममा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

    ‘हुनत कहिलेकाहीँ ब्रेन ट्युमरजस्ता क्यान्सरमा जेनेटिक कारण पनि हुनसक्छ । यस्तो अवस्थामा परिवारका अन्य सदस्यको पनि जाँच गरिन्छ । अहिले जेनेटिक परीक्षण पनि उपलब्ध छ । ब्रेन ट्युमरको उपचारमा प्रायः पहिले सर्जरी गरिन्छ, त्यसपछि रेडियोथेरापी र केमोथेरापी गरिन्छ । अन्तिममा बालबालिकालाई किमो थेरापी गरिन्छ,’ डा. पण्डितको भनाइ छ ।

    यस्ता समस्याहरुको समाधानका लागि सरकारी अस्पतालमा उपलब्ध सेवा सुविधा रहेको र वर्षेनी १४ देखि १५ सय हाराहारीमा क्यान्सरको केसहरू देशभरि नै देखिने गरेको उनले बताइन् ।

    उनले भने, ‘वर्षेनी १४ देखि १५ सयको हाराहारीमा क्यान्सरको केसहरू नेपालभर देखिन्छ । हाल ४ देखि ५ सयजना मात्र उपचार पहुँचमा आइरहनुभएको छ । बाँकी बिरामी कहाँ गइरहेका छन् भन्ने देखिएको छैन । उहाँहरूलाई लक्षण देखिनेबित्तिकै अथवा शंका मात्रै लाग्यो भने उपचार गराउन सकिदैन भन्ने मानसिकतामा हुनुहुन्छ । उपचारबाट वञ्चित भएर बसिरहनु भएको छ,’ उनले भनिन् ।

    त्यसैले बालबालिकाको क्यान्सर गम्भीर भए पनि निको हुन सक्ने रोग भएकाले सचेत हुन उनको सुझाव छ । ‘क्यान्सर समयमै पहिचान, सही उपचार र उचित हेरचाह भएमा धेरै बालबालिकाहरू पूर्ण रूपमा स्वस्थ भएर सामान्य जीवन बिताउन सक्छन् । त्यसैले कुनै पनि असामान्य लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको सल्लाह लिनु अत्यन्त आवश्यक छ,’ उनको सुझाव छ ।

    बुधबार, चैत १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
    वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ
    ३८० कलाकारको अभिनय रहेको ‘साहु बा’ को ट्रेलर सार्वजनिक
    विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत
    सुनचाँदीको मूल्यमा सामान्य गिरावट
    कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ५.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ६.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    भर्खरै

    • १.
      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    • २.
      वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ

    • ३.
      ३८० कलाकारको अभिनय रहेको ‘साहु बा’ को ट्रेलर सार्वजनिक

    • ४.
      विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत

    • ५.
      सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    • ६.
      कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल

    • ७.
      सुनचाँदीको मूल्य बढ्यो

    • ८.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.