• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

मातातीर्थमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो (तस्बिरसहित)

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ४. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ५. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ६. जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

  • ७. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ८. ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

  • ९. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • १०. उपसभामुख निर्वाचनमा एमालेको नो भोट

क्षयरोग न्यूनीकरणमा नेपाललाई स्रोतको अभाव, विरामीको संख्या बढ्दो


  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसले नेपालजस्तो विकासोन्मुख देशका लागि केवल औपचारिकता मात्र नभई गम्भीर चेतावनी पनि बोकेको छ ।

    Advertisement

    क्षयरोग (टीबी) अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा विद्यमान छ । जसले हजारौँ नेपालीको जीवन प्रभावित बनाइरहेको छ ।
    यसै सन्दर्भमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव कपिलप्रसाद तिमल्सेनासँग नेपाल न्यूज बैंकले गरेको विशेष कुराकानी गरेको छ ।
    कुराकानीको सुरुवातमै तिमल्सेनाले क्षयरोगको वर्तमान अवस्थाबारे स्पष्ट पार्दै नेपालमा क्षयरोगका बिरामी घट्नुको साटो बढिरहेको बताए ।

    उनले भने,‘नेपालमा क्षयरोग दिन प्रतिदिन बढेकै छन् । यो एक प्रकारको भयावह सरुवा रोग हो । परिवारमा एक जनालाई लाग्यो भने अरुलाई पनि सर्नसक्ने सम्भावना हुन्छ । किनभने यो सरुवा रोग हो । त्यसकारणले यसको संख्या दिन प्रतिदिन बढ्दो छ भन्ने अनुमान गर्न सहजै सकिन्छ । तर यसलाई नबढाउने तरिकाले घटाउन कसरी सकिन्छ, निवारण कसरी गर्न सकिन्छ ? भन्ने सन्दर्भमा सरकारका प्रयासहरु जारी छन् । तर सरकारले एक्लैले अलि गर्न अलिकति कठिन हुँदो रहेछ ।’ उनका अनुसार, रोगको प्रकृति नै यस्तो छ कि समयमै नियन्त्रण नगरे यसको विस्तार रोक्न कठिन हुन्छ ।

    वार्षिक १६ हजार मृत्यु : भयावह यथार्थ

    तिमल्सेनाले राष्ट्रिय प्रिभ्यालेन्स सर्वे अनुसार नेपालमा हरेक वर्ष करिब १६ हजार मानिस क्षयरोगका कारण ज्यान गुमाइरहेका छन् ।
    उनका अनुसार यो संख्या आधिकारिक तथ्यांक मात्र हो, वास्तविक संख्या अझ बढी हुनसक्ने अनुमान छ । विशेषगरी घना बस्ती र उच्च जनसंख्या भएका क्षेत्रमा संक्रमणको दर अझ तीव्र हुने भएकाले जोखिम बढेको छ ।

    ‘प्रिभ्यालेन्स सर्भेको आधारमा हामीले निकालेको एउटा रिपोर्ट अनुसार १६ हजार बिरामीहरु वार्षिक रुपमा मर्छन् । १६,००० भनेको निकै ठूलो संख्या हो । १६ हजार त भनेको छौं तर यो भन्दा अझ अझ बढी पनि हुन सक्छ । राष्ट्रिय आंकडामा आएको फिगर यो हो । तर यो भन्दा बढी पनि हुन सक्छ । किनभने भौगोलिक बनोट नै त्यस्तो खालको छ ।’

    त्यस्तै उनले क्षयरोग नियन्त्रणको सबैभन्दा ठूलो चुनौती बिरामी पहिचानमै रहेकोे स्वीकार गरे।

    ‘हामीले प्रत्येक वर्ष करिब ६७ हजार बिरामी पहिचान गर्नुपर्ने हुन्छ, तर अहिले करिब ४० हजार मात्रै पत्ता लगाउन सकेका छौ,’ उनले भने।
    यसरी करिब २७ हजार बिरामी अझै पहिचानबाहिर रहेको अवस्था छ, जसले रोग फैलिने जोखिमलाई थप बढाएको छ ।

    सामाजिक लाञ्छना

    क्षयरोग नियन्त्रणमा अर्को गम्भीर समस्या सामाजिक लाञ्छना रहेको तिमल्सेना बताउँछन् ।

    ‘नेपालमा अझै पनि क्षयरोगलाई लुकाउने प्रवृत्ति छ । मानिसहरू ‘मलाई टीबी भयो’ भन्न डराउँछन् । ‘क्षयरोग पहिचान शिविर’ भन्यौं भने मानिसहरू आउँदैनन् । तर ‘छातीको एक्स–रे’ भन्यौं भने मात्रै सहभागी हुन्छन्,’उनले भने ।

    स्रोत अभाव : मुख्य चुनौती

    क्षयरोग नियन्त्रणका लागि आवश्यक स्रोतको अभाव पनि प्रमुख समस्या बनेको छ ।
    तिमल्सेनाका अनुसार पाँच वर्षे रणनीतिमा आवश्यक बजेटको झन्डै ४३ प्रतिशत अभाव छ । उपलब्ध स्रोतले मात्रै लक्ष्य हासिल गर्न निकै कठिन छ ।

    उनले भने,‘नेपालमा अहिले आर्थिक अभाव छ । टिभी निवारणका लागि वर्षेनी बजेटको मात्रा घटिरहेको अवस्था छ । अर्को आर्थिक वर्षको लागि फेरि बजेटको सिलिङ जुन छ त्यो पनि घटेर आइसकेको अवस्था छ । प्रत्येक वर्ष आर्थिक रुपमा सिलिङहरु घट्दै जाने, बजेटहरु घट्दै जाने हो भने गाउँघरमा गएर क्लिनिक संचालन गर्दै टिभी पहिचान गर्ने, खोज्ने, पहिचान गर्ने र त्यसको निदान गर्नलाई स्रोतकै आवश्यक पर्छ । स्रोत न्यून भएकाले लक्ष्य प्राप्ती गर्नलाई त्यति सहज देख्दिन, तथापि हाम्रा प्रयासहरु जारी छन् ।’

    नेपालले ग्लोबल फण्ड जस्ता अन्तर्राष्ट्रिय साझेदारबाट सहयोग लिइरहेको छ । तर तिमल्सेनाका अनुसार, त्यो सहयोग मात्र पर्याप्त हुँदैन। अझै थप स्रोतको आवश्यकता छ, नत्र लक्ष्य प्राप्ती कठिन हुन्छ ।

    प्रविधि प्रयोगमा सुधार, तर पहुँच सीमित

    हाल नेपालमा जीन एक्सपर्ट, ट्रु–न्याट, एआई पोर्टेबल एक्स–रे जस्ता आधुनिक प्रविधि प्रयोग भइरहेको छ ।
    यी प्रविधिले छिटो पहिचानमा मद्दत गर्छन् तर उनको अनुसार पर्याप्त संख्यामा उपकरण नहुँदा देशभर प्रभावकारी रूपमा विस्तार गर्न सकिएको छैन ।

    उनका अनुसार नयाँ प्रविधि विस्तार गर्न सकेमा बिरामी छिटो पत्ता लगाउने र उपचार सुरु गर्ने प्रक्रिया अझ प्रभावकारी हुनेछ ।
    सरकारले क्षयरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । धेरै बिरामी केही महिना औषधि खाएपछि आफूलाई निको भएको ठान्छन् र औषधि छाड्छन् । यसले रोग पुनः सक्रिय हुने र झन् जटिल बन्ने जोखिम बढाउने उनको भनाई छ ।

    कार्यान्वयनमा कमजोरी

    नेपालमा नीति र योजना राम्रो भए पनि कार्यान्वयनमा कमजोरी रहेको तिमिल्सिनाले स्वीकारे । टेबलमा बसेर योजना बनाउनु र फिल्डमा कार्यान्वयन गर्नु फरक कुरा भएको उनको तर्क छ । भौगोलिक कठिनाइ, जनचेतनाको अभाव र सामाजिक व्यवहारले योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिन बनाएको उनको ठम्याई छ ।

    तीन तहको सरकारको भूमिका

    संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएपनि स्रोत अभावले काम प्रभावित भएको उनले बताए ।

    स्थानीय तहको भूमिका महत्त्वपूर्ण भएपनि पर्याप्त स्रोत नहुँदा प्रभावकारी रूपमा काम गर्न नसकिएको अवस्था रहेको उनले सुनाए ।
    तिमल्सेनाले क्षयरोग दिवसको सन्देश दिँदै भने,‘क्षयरोग लुकाउने रोग होइन, उपचार गरेर निको पार्ने रोग हो । समयमै पहिचान र पूर्ण औषधि सेवन अत्यावश्यक छ । सरकार एक्लैले यो समस्या समाधान गर्न सक्दैन । नागरिक समाज, निजी क्षेत्र, मिडिया र सर्वसाधारण सबैको सहकार्य आवश्यक छ ।’

    विश्व क्षयरोग दिवसले केवल समस्या उजागर गर्ने होइन, समाधानका लागि सामूहिक प्रयास आवश्यक भएको सन्देश दिन्छ । यदि सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्न सके भने मात्र नेपालले क्षयरोगमुक्त भविष्यतर्फ यात्रा गर्न सक्छ ।

    मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु
    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
    विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर
    आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री
    सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने
    मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ५.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ६.
      जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

    भर्खरै

    • १.
      सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु

    • २.
      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    • ३.
      विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर

    • ४.
      आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

    • ५.
      सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

    • ६.
      मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

    • ७.
      विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

    • ८.
      मातातीर्थमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो (तस्बिरसहित)

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.