• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, माघ ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह,आगामी चुनाबमा रास्वपाको पनि साथ रहने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

एमालेलाई प्रचण्डको आह्वान- कुनै भ्रममा नपरी एकता गरौ

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

रुपन्देही ३ : रास्वपालाई बागीको डर, मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार

बाँके मालपोतका हाकिमसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सानेपा बैठकले गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

लोकप्रिय समाचार

  • १. प्रधानमंत्रीले निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक बसाल्दै

  • २. जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको आज म्याद सकिँदै

  • ३. रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

  • ४. घण्टीघरमा बालेनको पहिलो पाइला

  • ५. महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

  • ६. महासचिव शंकर पोखरेलले गरे दाङ–२ बाट उम्मेद्वारी मनोनयन दर्ता

  • ७. यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

  • ८. एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश

  • ९. सानेपा बैठकले गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

  • १०. इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह

देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ : बालेन


  •   शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
  • २ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने उद्घोष गरेका हुन् ।

    Advertisement

    आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा झापा क्षेत्र नं. ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने तयारीमा रहेका शाहले आफ्नो इन्जिनियरिङ पृष्ठभूमि र अनुभवलाई राजनीतिसँग जोड्दै देश बदल्ने संकल्प व्यक्त गरेका हुन् । बालेनले २०७२ सालको विनाशकारी भूकम्पपछि आफूले एक सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको स्मरण गरेका छन्। गोरखा लगायत देशका ३५ भन्दा बढी जिल्लामा काम गर्दाको अनुभवले आफूलाई धेरै कुरा सिकाएको उनको भनाइ छ।

    ‘नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन,’ शाहले भनेका छन्, ‘भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न अनेक पाटोलाई सँगसँगै लैजानुपर्छ।’ सोही बुझाइका साथ आफू भारत गएर ‘स्ट्रक्चरल इन्जिनियरिङ’ अध्ययन गरी विदेशमा बस्ने अवसर त्यागेर देश फर्किएको उनले उल्लेख गरेका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दै गर्दा आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै शाहले स्थानीय तहले चाहेमा आम जनताको सुविधाका लागि धेरै काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको जिकिर गरेका छन् । महानगरमा सुरु भएका सुधार र पारदर्शी प्रणालीलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको संकेत गरेका छन् ।

    बालेनले आफ्नो आगामी राजनीतिक यात्राको उद्देश्य स्पष्ट पार्दै भनेका छन्, ‘हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने हो।’उनले अब देशलाई अल्पकालीन निर्णय र लोकप्रिय नाराको सट्टा जनताको विश्वास जित्ने शासन व्यवस्था र इमानदार नेतृत्व चाहिएको बताए।

    पछिल्लो समय झापा–५ बाट निर्वाचन लड्ने चर्चालाई बल पुग्ने गरी उनले ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको’ उल्लेख गरेका छन्। उनले यस अभियानलाई कुनै एक व्यक्तिको मात्र नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियानका रूपमा चित्रण गरेका छन् ।

    शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह,आगामी चुनाबमा रास्वपाको पनि साथ रहने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
    एमालेलाई प्रचण्डको आह्वान- कुनै भ्रममा नपरी एकता गरौ
    उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा
    कांग्रेस सभापतिको कुर्सीमा गगन थापा
    देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

    Facebook Page

    लोकप्रिय

    • १.
      प्रधानमंत्रीले निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक बसाल्दै

    • २.
      जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको आज म्याद सकिँदै

    • ३.
      रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

    • ४.
      घण्टीघरमा बालेनको पहिलो पाइला

    • ५.
      महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

    • ६.
      महासचिव शंकर पोखरेलले गरे दाङ–२ बाट उम्मेद्वारी मनोनयन दर्ता

    भर्खरै

    • १.
      महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह,आगामी चुनाबमा रास्वपाको पनि साथ रहने

    • २.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    • ३.
      एमालेलाई प्रचण्डको आह्वान- कुनै भ्रममा नपरी एकता गरौ

    • ४.
      उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

    • ५.
      कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

    • ६.
      देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

    • ७.
      रुपन्देही ३ : रास्वपालाई बागीको डर, मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार

    • ८.
      बाँके मालपोतका हाकिमसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.