पौष १७ काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । केही दिनअघि २ लाख ७० हजार ६०० रुपैयाँको रेकर्ड मूल्यमा कायम भएको छापावाल सुन त्यसअघि क्रमशः घट्दै गएर बिहीबार भने २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको तुनालमै सुनको मूल्य १४०० रुपैयाँ घटेको छ ।
बुधबार छापावाल सुन तोलामा २ लाखा ६१ हजार रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

