• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ४. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ५. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ६. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ८. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ९. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न


  •   बुधबार, पुष १६, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल भरका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने तथा पानी जन्य बस्तु उत्पादक उद्योगीहरुको छाता संगठन नेपाल पानी उद्योग महासंघको प्रथम साधारण सभा सम्पन्न भएको छ । ललितपुर जिल्लाको गोदावरी नगरपालिका-३ स्थित ‘होटल भ्यु भृकुटी’ को सभाहलमा पहिलो र दोस्रो चरण गरि मंगलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    नेपालको पिउने पानी आपूर्ति र व्यवस्थापन क्षेत्रको शीर्ष निकायका रुपमा स्थापित नेपाल पानी उद्योग महासंघको वार्षिक साधारण सभा (एजिएम) अध्यक्ष बिक्रम लिम्बु चेम्जोङको अध्यक्षतामा भएको पहिलो चरणको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेल रहेका थिए । त्यसैगरी कार्यक्रमको विशेष अतिथिमा पूर्व संघीय सांसद नवराज सिलवाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना बैद्य जोशी रहेका थिए । महासंघको साधारण सभामा अतिथिका रुपमा उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् सल्लाहाकार भरत आचार्य लगाएत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    नेपाल पानी उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष भरत बुढाथोकीद्वारा स्वागत मन्तव्य राखेर सुरु भएको उक्त कार्यक्रमको उद्घाटन भने प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले गरेका थिए । संघका सदस्य संस्था तथा पानी विशेषज्ञहरूको उत्साहपूर्ण सहभागितामा भएको सभामा देशभरिका पानी आपूर्ति, शुद्धिकरण, वितरण र व्यवस्थापनका चुनौती तथा अवसरहरूका वारेमा केन्द्रित रहेर छलफल समेत भएको थियो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष चेम्जोङले आफ्नो मुख्य सम्बोधनमा संस्थाको वार्षिक प्रगति, नीतिगत पहल, र दिगो पानी व्यवस्थापनमा गरिएका रणनीतिक पहलकदमीहरू प्रस्तुत गरेका थिए। उनले जोड दिँदै भने, “नेपालको पानी उद्योग आज नयाँ रुपान्तरणको अभियानमा छ। अध्यक्ष चेम्जोङले सदस्यहरू बीचको सहकार्यलाई बढावा दिँदै, प्रविधि र नवीनता समेट्ने, र समग्र देशको लागि स्वच्छ र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्ने साझा जिम्मेवारी निर्वाह गर्ने विषयमा केन्द्रित रहने समेत बताए।

    प्रथम साधारण सभाले बिक्रम लिम्बु चेम्जोङको अध्यक्षतामा आगामी ३ वर्षका लागि ३५ सदस्यीय निर्वाचित कार्यसमिति र ४ जना मनोनित गरेर ३९ सदस्यीय समिति समेत चयन गरेको छ । साधारण सभाले सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा भरत बुढाथोकी निर्वाचित भएका छन् । त्यस्तै सभाले महासचिवमा ध्रुब प्रसाद अधिकारी र उप(महासचिवमा रोसा श्रेष्ठलाई निर्वाचित गरेको छ । त्यसैगरी महासंघको उपाध्यक्षहरुमा क्रमशस् रविन्द्र मोहन अधिकारी ,पुरुषोत्तम पाण्डे ,रुपचन्द्र नौलाखा ,शाहिल शाह ,भुवन प्रसाद लोहनी , सबि कार्की ,कृष्ण प्रसाद आचार्य ,टेकेन्द्र सिंह कुन्जेडा निर्वाचित भएका छन् । महासंघको कोषाध्यक्षमा भने देव नारायण चौलागाई निर्वाचित भएका छन् ।

    त्यस्तै प्रथम साधारण सभाले सदस्यहरुमा भने क्रमशस् जितेन्द्र दाहाल , नारायण गिरी ,प्रमोद कुमार शाह ,सहदेव बोलखे ,सौरभ मारु ,पदम बहादुर राउत ,चिन्तामणी भुषाल ,अविनाश थानी ,जीवन घिमिरे चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा राम सुवाल , गोकुल थापा , अमराज लामा ,राम बराल , दिनेश भट्टराई ,राजेश खनाल , बिक्रम मण्डल,अनिल आचार्य ,कृष्ण कुँवर ,टक शारु मगर ,शरद प्रसाद रिजाल ,विशाल विष्ट ,श्रवण थापा निर्वाचित भएका छन् । सभाले विनय श्रेष्ठ, सुदिपमान सिंह बस्नेत र रक्कि तामाङलाई सदस्यमा मनोनित समेत गरेको छ । जसमा एक जना सदस्य मनोनित गर्न बाँकी राखेको छ । साधारण सभाबाट आगामी ३ वर्षका लागि कार्यसमिति निर्वाचित भएसँगै नेपाल पानी उद्योग महासंघ उद्योगी लक्षित कार्यक्रममा जुटेको छ ।

    उक्त कार्यक्रममा महासंघका महासचिव ध्रुब प्रसाद अधिकारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सभाको मुख्य एजेन्डामा कोषाध्यक्ष देव नारायण चौलागाईले प्रस्तुत गरेको संस्थाको वित्तीय विवरण र कार्ययोजना स्वीकृत गर्नु, पानी उद्योगसँग सम्बन्धित नीति निर्माताहरूसंगको सहकार्य, क्षमता विकासका कार्यक्रम र आगामी वर्षका लागि रणनीतिक लक्ष्यहरू निर्धारण गर्ने विषयहरू समावेश गरिएका थिए। सदस्यहरूले संस्थाको नेतृत्वलाई पूर्ण समर्थन जनाउँदै सबै प्रस्तावहरू पारित गरेका छन्। महासंघले साधारण सभाको सफल आयोजनालाई नेपालको जल क्षेत्रमा एकजुटता, नयाँ प्रतिबद्धता र सामूहिक प्रयासको प्रतीकको रूपमा लिइएको छ। नेपाल पानी उद्योग महासंघले सभाबाट प्राप्त गरेको सहमति र ऊर्जाका साथ देशभरि सुरक्षित पानी आपूर्ति र दिगो व्यवस्थापनको अभियानलाई अगाडि बढाउने संकल्प दोहोर्याएको छ।

    महासंघको प्रथम साधारण सभामा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष भरत बुढाथोकीले नेपाल पानी उद्योग महासंघ देशैभरका जार तथा बोतलका पिउने पानी तथा पानी जन्य बस्तु उत्पादक गर्ने उद्योगीहरुको छाता संगठन भएकाले देशैभरिका सबै उद्योगीहरुको संरक्षणमा लाग्ने बताए । उनले देशैभरिका उद्योगीहरू गोलबद्ध भएर जोडिएर समस्याको समाधन गर्न जुट्नुपर्ने धारणा राखेका थिए । साधारण सभाले विगतका विभिन्न जिम्मेवारीहरुलाई रद्द गर्दै आवश्यकता अनुसार नयाँ जिम्मेवारीहरु थपघट गर्ने गरि विशेष नीति समेत पास गरेको छ ।

    कार्यक्रममा बोल्दै विशेष अतिथि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना बैद्य जोशीले उद्योगीहरुको व्यावसायिकतामा सहयोग गर्न विभाग तयार रहेको बताएकी छन् । उनले उद्योगीहरुको लगानी सुरक्षित गर्न र लगानी मैत्री वातावरण निमार्णमा सबैसँग हातेमालो गर्ने बताइन् । माहानिर्देशक बैद्य जोशीले पानी उत्पादन गर्ने नाउँमा उद्योगबाट हुने गरेको लापरबाहिवारे भने कानुनले छुट दिन नसक्ने बताएकी छन् । त्यस्तो अवस्थामा उद्योगी आफै सचेत भएर जार तथा बोतलको पिउने पानी शुद्ध र गुणस्तरीय तरिकाबाट उत्पादन गरेर बजारमा पठाउनुपर्ने धारण राखेकी छन् ।

    नेपाल पानी उद्योग महासंघ सम्पूर्ण पानी उद्योगीहरुको व्यावसायिकतामा सहयोग गर्न र उद्योगीहरुको हकहित संरक्षण तथा व्यवसायीहरुलाई थप उत्तरदायी बनाउन स्थापना भएको संगठन हो । यसले पानी उद्योगीहरुलाई एउटै छाता संगठनमा गोलबद्ध गराएको छ । त्यस्तै महासंघले देशैभरिका उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राखेर “स्वच्छ पिउने पानी” तथा पानी जन्य बस्तु उत्पादन गरेर बजारमा बिकी वितरण गर्न उद्योगीहरुलाई सचेत गराउने मुख्य लक्ष्य राखेको छ ।

    साधारण सभामा देशैभरिका २३ भन्दा बढि जिल्लाबाट पानी उद्योगीहरु प्रतिनिधिका रुपमा सहभागी भएका थिए । सहभागी भएका जिल्लाहरुमा क्रमशस् झापा,मोरङ, सुनसरी, धनकुटा, सप्तरी, सिराहा, धनुषा, बारा, मकवानपुर, काठमाण्डौं, भक्तपुर, ललितपुर,काँस्की,नवलपरासी,कपिलबस्तु,रुपन्देही,दाङ,बाँके,बर्दिया,मनाङ,पाल्पा,कैलाली र कञ्चनपुर रहेका थिए ।

    बुधबार, पुष १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ४.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.