भदौ २३ र २४ गतेको आन्दोलनपछि चिनिएका जेंजी अनुहारहरु सरकार गठन भएको करिब ४ महिना बितिसकेपछि बल्ल सुशिला कार्की नेतृत्वको सरकारप्रति असन्तुस्ट बनेका देखिन्छन। जेंजी अगुवा मद्येका मिराज ढुंगाना नेतृत्वको समुहले हिजो सरकारको कामप्रति घोर भत्रसना गर्दै आन्दोलन गर्ने चेतावनी दिएपनि आज जिल्ला प्रशासन कार्यालय काठमाडौँले रोक लगाएको छ। प्रशाशनले कुनै पनि व्यक्ति समुहलाई आन्दोलन गर्न अनुमति नदिएको र नदिइने जनाइएको छ। आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा जेंजी समूह आइपुगेको र आफूहरू अनुमति नदिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए ।‘आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र बुझाउनुभएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन। ढुङ्गानाले गरी खान देऊ अभियान चलाउँने भएका छन्। जेंजिको आन्दोलन हुने भनिएसंगै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।विशेषगरी माइतीघर मण्डलामा चारैतिर प्रहरी तैनाथी बढाइएको छ ।मिराज ढुंगाना, रविकिरण हमालसहितकका जेन-जी समूहले आजदेखि ‘संयुक्त जेन-जी आन्दोलन’ घोषणा गरेर प्रदर्शनको तयारी गरेका छन् ।काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले भने, ‘उहाँहरू आएर त्यहीँ मात्रै बस्ने हो भने पनि जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने थियो, नलिएका कारण हामी अगाडि बढ्न दिँदैनौ ।’भदौ २३-२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको र जनताले महसुस गर्ने गरी कुनै काम नभएको भन्दै मिराजको समूहले आन्दोलनको घोषणा गरेको हो । यो समूहले सर्वपक्षीय सरकार गठनको माग गरेको छ ।केहि पर्दर्शनकारिहरु अहिले माइतिघर मण्डलामा उपस्थित भैसकेका छन्। नाराजुलुस सहित सडकमा आएका जेंजी युवा समुहले गरि खान देउ सरकार भन्ने अभियानलाई तिब्र रुपमा अगाडी बढाइरहेको छ। प्रशाशनको अनुमति बिना पनि आन्दोलनमा केहि समुहहरु उपस्थित भैसकेका छन् तर आन्दोलनलाई उग्र बनाउने काम गरे कारबाही गर्ने समेत प्रशाशनले जनाएको छ। सरकारप्रति असन्तुस्ट बनेको समुहले फेरी काठमाडौका हरेक क्षेत्रमा आन्दोल मच्चाउने तयारि अगाडी बढिसकेको छ। आन्दोलन बारे भने सरकारले कुनै पनि अभिव्यक्ति दिएको छैन। जेंजी समुहको आजको आन्दोलनले सरकारलाई कति सम्बेदनशिल र चेतावनी दिन्छ भन्ने कुरा अहिले चासोको बिषय बनेको छ।
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी
तपाईको प्रतिक्रिया

