४ पुस, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराएका हुन् ।
उनका अनुसार, केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहेको केन्द्रीय सल्लाहकार परिषद् गठन गरिने छ ।बैठकमा अहिले निर्णयहरू निर्णयार्थ पेश हुँदैछ । त्यस्तै, एमालेले आगामी पुस २७ देखि २९ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

