१ पुस, काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन ।
केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर यो समय पनि धकेलिएर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो । तर यो समयमा पनि मतदान सुरु हुने छाँटकाँट देखिएको छैन ।
‘नाम तलमाथि परेको भएर मिलाउनु पर्यो । हरेक उम्मेदवारको फोटोको कोडिङ गर्नुपर्छ । बिहान १० बजेसम्म कोडिङ गर्यौं । फेरि तलमाथि परेको सच्याउन नयाँ कोडिङ गर्नुपर्छ । बुथ तयार छ । रातिको ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्छ,’ प्राविधिक लक्ष्मण रिमालले भने ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा छन् ।

