४ पुस, काठमाडौं । एघारौं महाधिवेशनबाट चुनिएको नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्न लागेको हो । नेताहरू बैठक स्थल पुगिसकेका छन् ।काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबाट चुनिएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीको बर्चस्व छ । ओली प्यानलबाट २२७ जना सदस्य निर्वाचित भएका छन् ।
एमालेको नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए ।

